logo
  • शुक्रबार, असोज ९ २०८३

सहिमा श्रेष्ठले जन्मदिनको अबसरमा “कुनै दिन” भिडियो सहित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सुर्य चन्द , काठमाडौं  चैत २८ ।
नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को राम्रो राम्रो गितहरु नेपाली सांगीतिक बजारमा पस्केर सम्पुर्ण नेपाली गित संगीतको पारखिहरुको रोजाइमा पर्न सफल सुमधुर आवाजकी धनि सुन्दरी चर्चित गायिका सहिमा श्रेष्ठले आफ्ना दर्शक श्रोताहरुको लागि भनेर आफ्नो जन्मदिनको अबसरमा निकैनै मिठो गीतको उत्कृष्ट गीतको म्युजिक भिडियो सार्बजानिक गरेकी छिन्।
चर्चाको शिखरमा पुगेर सांगीतिक क्षेत्रमा तहल्का मच्याउन सफल चर्चित गायिका सहिमा श्रेष्ठले जन्मदिनको अबसरमा गीतको म्युजिक भिडियो सार्बजानिक गर्दै सांगीतिक जन्मदिन मनाएकी हुन्। आफुलाई सांगीतिक क्षेत्रमा स्थापित गरिसकेकी गायिकाले जन्मदिनको अवसर पारेर आफ्ना फ्यान फलोअर्स र शुभेच्छुकका लागि उपहार भन्दै आफ्नै मिठो स्वरमा रहेको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन्।

समाजका विभिन्न बरिष्ट व्यक्तित्वहरु, संगीत तथा पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तित्वहरु लगायत परिवार र नजिकका साथीभाईहरुको उपस्थितिमा गायिका सहिमाले जन्मदिनको केक पनि काटेकी थिइन्। मिठो तथा सुमधुर आवाजमा रहेको ‘कुनै दिन’ बोलको गीतको म्युजिक भिडियो समेत निकैनै उत्कृष्ट बनेको छ ।

आफुलाई छोटो समयमा नै चर्चाको शिखरमा पुर्याएर स्थापित हुनलाई सहयोग गर्ने सम्पूर्ण फ्यान फलोअर्स र शुभेच्छुकका लागि आफु सदैव ऋणी रहेको सदैव यस्तै मायाको अपेक्षा गरेको समेत उक्त अबसरमा सहिमाले बताइन्।

किरण केसी “क्रोधी” को शब्द तथा दिपक शर्माको संगीत रहेको उक्त गीतको म्यूजिक भिडियोमा नायक पुष्पल खड्का तथा नायिका शिल्पा पोखरेलको अभिनय देख्न सकिन्छ। लहांग सुब्बाले एरेन्ज गरेको गीतमा ज्ञानेंद्र शर्माको छायांकन रहेको छ । संगीतकार दिपक शर्मा आफैले म्यूजिक भिडियोको निर्देशन गरेका हुन्।

                      भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend