logo
  • आइतबार, असोज ११ २०८३

शिविरमा झन्डै १४ सयले सेवा लिए


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल , गुल्मी चैत २८ ।
गुल्मीको इस्मा गाउँपालिका १ को हस्तिचौर स्वास्थ्यचौकीमा एकदिने पाठेघर सम्वन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
इस्मा गाउपालिकाको आयोजना तथा रेसुङा अस्पतालको प्राबिधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा एक सय ८१ जना महिलाले पाठेघरको परिक्षण गरेको गाउँपालिकाका स्वास्थ सहसंयोजक गोकर्णराज थापाले जानकारी दिए । शिविरमा ७१ जनाले अल्ट्रासाउण्ड गरेका छन । भने १२ जनाको पाठेघरको अप्रेसन गर्नु पर्ने भएकाले रेसुङा अस्पतालमा रेफर गरिएको थापाले बताए ।

चार जना महिलाको पाठेघर बाहिर आएकाले रिङ प्रेसरी राखिएको छ । अस्पतालमा निशुल्क पाठेघरको अप्रेसन सम्बन्धि शिविरको आयोजना गरिएको छ । सोमबार आयोजना गरिएको शिविरमा रेसुङा अस्पतालका महिला रोग विशेषज्ञ तथा मेडिकल सुपरिटेन्डेन्ट डा. यम बहादुर थापा र लुम्बिनी अञ्चल अस्पताल बुटवलको मेडिकल अधिकृत डा शिला ढकाल लगायतले स्वास्थ सेवा दिएको गाउँपालिकाका स्वस्थ्य संयोजक चन्द्र प्रसाद भुसालले बताए ।

यो बर्ष इस्मा गाउँपालिकाले चारवटा बृहत निशुल्क स्वास्थ्य शिविर गर्ने लक्ष्य राखेको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सरोज पोखरेलले बताए । जसअनुसार तीन वटा शिविर सकिएका छ्न । यस अघि इस्मा गाउँपालिका वडा न ५ इस्मा रजस्थलमा निशुल्क पाठेघर सम्बन्धि शिविर सम्पन्न भएको थियो ।

इस्मा गाउँपालिका र जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा संचालन भएको शिविरमा दुई सय १२ जना महिलाले पाठेघरको चेक जाँच गरेका थिए । त्यस्तै वडा न ६ को अम्मरपुरमा महिला, हाडजोर्नी तथा सामान्य चिकित्सा सहितको स्वास्थ्य शिविर सम्पन्न भएको पोखरेलले बताए । शिविरमा झन्डै एक हजार जनाले सेवा लिएका थिए ।

साथै आगामी बैशाख २ र ३ गते इस्मा गाउपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघको आयोजनामा निशुल्क आँखा उपचार शिविरको आयोजना भएको वडा न ३ का वडाअध्यक्ष तोयनाथ सापकोटाले बताए । शिविरमा जेष्ठ नागरिकलाई निशुल्क चश्मा बितरण गर्ने कार्यक्रम समेत रहेको छ । साथै आँखाको मोतियाबिन्दुको अप्रेसन निशुल्क गर्ने व्यावस्था मिलाएको सापकोटाले बताए ।

इस्मा गाउँपालिकाका नागरिकको स्वास्थ्य समस्या प्रती आफू थप संबेदनसिल भएका कारण अहिले शिविरहरु र आगामी दिनमा थप योजनाका साथ अगाडी बढ्ने गाउँपालिकाका प्रमुख लक्ष्मण बिष्टले बताए । गाउँपालिकामा भएका शिविरहरुमा महिलाहरुको पाठेघरको समस्या बढी देखिएकाले आगामी दिनमा थप विशिष्ट खालको शिविर र स्वास्थ्य सचेतना आवश्यक रहेको गाउँपालिमा उपप्रमुख बिमला खत्रीले बताइन ।

यो बर्ष गाउपालिकाले दुई स्थानमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरेको छ । गाउपालिकाको वडा न ४ को विकट स्थान कोटकोटेरी र वडा न २ को छल्दी पनाहमा केन्द्र स्थापना गरि सेवा संचालन भैरहेको गाउँपालिकाका प्रबक्ता गनु प्रसाद अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend