साझा नेटवर्क
गोविन्द भण्डारी, अछाम चैत २७ ।
जिल्ला प्रहरी कार्यालय अछामले वाबु छोरीको उद्धार गरेको छ । दुई बर्षकी छोरी सहित मानसिक असन्तुलित एक व्यक्तिको उद्वार गरेको हो ।
धनगढीमा वेवारिसे अवस्थामा रहेको मानसिक अवस्था ठीक नभएका मंगलसेन नगरपालिका वाडा न ६ निवासी २४ वर्षका हर्क भण्डारी र उनको साथमा रहेकी दुई बर्षकी बालिका उनकि छोरी लक्ष्मी भण्डारी को उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
२६ गते धनगढीमा वेवारिसे अवस्थामा रहेको दुबै बुवा छोरीलाई मंगलसेन ल्याई आज भण्डारीको अंकल नाता पर्ने कुलानन्द भण्डारीलाई बुझाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend