logo
  • शनिबार, भाद्र २० २०८३

भारतको उडिसामा इन्जिनबाट छुट्टिएर रेल उल्टो कुद्यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, काठमाडौं चैत २७ ।
भारतको उडिसा राज्यमा  यात्रुवाहक एउटा रेलका २२ वटा डिब्बाहरू इन्जिनबाट छुट्टिएर १५ किलोमिटर पछाडि कुदेको छ । उक्त रेलमा सवार एक हजार जना् यात्रुा सवार थिए । उनीहरू सबै सुरक्षित छन् । गत शनिवार राति घटना भएपछि चालकसहित रेलवे सेवाका सात जना कर्मचारी निलम्बनमा परेका छन्। अहमदाबाद-पुरी एक्सप्रेसका ती डिब्बाहरूलाई रोक्न रेलवेका कर्मचारीहरूले पटरीमा ढुङ्गा थुपारेका थिए।

भारतमा दुई रेल दुर्घटना भारतमा रेल दुर्घटना,’९६ जनाको मृत्यु’‘अचानक तीनवटा झट्कापछि रेल पल्टियो’अनुसन्धान भयानक दुर्घटना हुन पनि सक्थ्यो। तर सतर्क कर्मचारीहरूले त्यसो हुन दिएनन्रा ति १० बजेतिर इन्जिनबाट छुट्टिएको रेललाई झन्डै दुई घण्टापछि रोकिएको थियो।

भारतमा दैनिक दुई करोड बीस लाख मानिसहरूले रेलमा यात्रा गर्छन्। झन्डै नौ हजार रेलहरू चल्छन्। इस्ट कोस्ट रेलवेका अधिकारी ज्योति प्रकाश मिश्राका अनुसार निलम्बित कर्मचारीहरूले आवश्यक प्रक्रिया पूरा नगरेका र हेल्चेक्र्याइँ गरेकाले सो घटना भएको हो। यसबारे सुरु भइसकेको उनले बताए।

डिब्बा छुट्याउँदा ब्रेक उपयुक्त ढङ्गमा प्रयोग नभएको वा त्यसबारे विचार नगरिएको अधिकारीहरूले बताएका छन्। भारतमा सेल्फी मोह, दुर्घटना बढ्दो “भयानक दुर्घटना हुन पनि सक्थ्यो। तर सतर्क कर्मचारीहरूले त्यसो हुन दिएनन्,” मिश्राले भने।
पुराना घटना
भारतमा त्यस्ता घटना पहिला पनि भएका छन्। दैनिक दुई करोड बीस लाख यात्रुले प्रयोग गर्ने भए पनि अधिकांश रेलहरू पुराना छन्। गत नोभेम्बरमा यात्रा गरिरहेका किसानहरूको एउटा समूहले आफू ब्युँझिदा आफू चढेको रेल उल्टो दिशातिर १६० किलोमिटरको गतिमा कुदिरहेको चाल पाएका थिए।

गत अगस्ट महिनामा उत्तर प्रदेशमा एउटा रेल पटरीबाट बाहिर निस्किँदा कम्तीमा २३ जनाको मृत्यु भएको थियो।रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend