logo
  • आइतबार, असोज ११ २०८३

मृगौला पीडित जिसीलाई बडिगाड सेवा समाज जापानद्वारा लाखौ सहयोग


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिश शर्मा गैरे, गुल्मी  चैत २५ ।
बाग्लुङ्गको बडिगाड गाँउपालिका ५ खौलारका मृगौला पीडित तिल बहादुर जिसीलाई बडिगाड सेवा समाज जापानले लाखौ रकम सहयोग गरेको छ ।
समाजले मृगौला पीडत तिल बहादुर जिसी बचाउ अभियान नै सञ्चालन गरी संकलन गरी ४ लाख ३६ हजार ९ सय रुपैया हस्तान्तरण गरीएको छ । हस्तान्तरण कार्यक्रममा बडिगाड गाँउपालिका ५ का अध्यक्ष अर्जुन प्रसाद खरेलको अध्यक्षता तथा गाँउपालिका अध्यक्ष मेहरसिँह पाइजाको प्रमुख आतिथ्यता रहेको थियो ।
सो रकम जीसीको श्रीमती सञ्चितालाई  हस्तान्तरण गर्दे गाँउपालिका प्रमुख पाइजाले आफ्नो कमाइको केही अंश बचाएर यसरी रोगी दुखीहरुको घाउमा मलहम लगाउने परोपकारी काम गरेकोमा बडिगाड सेवा समाज जापानलाई  धन्यवाद दिए । साथै उनले आगामी दिनमा पनि यस्ता अभियानहरु चलाउँदै दुखी गरीबको साथमा रहन आग्रह गरे । कार्यक्रमको सञ्चालन भानु माबिका शिक्षक बिष्णु प्रसाद आचार्यले गरेका थिए ।
उक्त रकम संकलन गर्न जापानमा रहेका भुवन आचार्य, रामु घिमिरे, दिपक घिमिरेले बिशेष अभियान चलाएका थिए । आचार्यले १ लाख ५३ हजार ८ सय ७३ जापानी एन, रामु घिमिरेले १ लाख ५३ हजा। ७ सय ५५ र दिपक घिमिरेले १ लाख २५ हजार ५ सय जापानी एन सहयोग गरेका थिए ।

दुबै मृगौलाले काम गर्न छोडेका जिसीको आर्थिक अवस्था निकै नाजुक रहेको छ भने उनको उपचारको लागि यस अघि पनि लाखौ रकम संकलन भइ हस्तान्तरण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend