साझा नेटवर्क
टोपलाल अर्याल , गुल्मी चैत २५ ।
प्रथम इस्मा गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी वडा ५ ले जितेको छ । गाउपालिकाका ६ वडाका ९ समुह मध्ये वडा न ५ को ए का अशोक परियारको समुहले प्रथम स्थान हासिल गर्दै नगद २५ हजार, कप र प्रमाणपत्र प्राप्त गरेको छ ।
सोही वडाकै समूह बि का अर्जुन खड्काको समुह दोस्रो भएर नगद २० हजार, ट्रफी र प्रमाणपत्र हासिल गरेको छ । वडा न २ को समूह ए का प्रबिन सारुको समुह तृतीय भएर नगद १५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको खेल संचालन उपसमिति सदस्य राम बहादुर खड्काले बताए । प्रतियोगितामा राहुल दर्जी बेस्ट पेलेअर तथा प्रबिण सारुले अनुसाशित खेलाडी भएका छन ।
उनिहरुले नगद एक हजार र प्रमाणपत्र प्राप्त गरेका छन । शुक्रबार इस्मा गाउँपालिका वडा नं ५ रजस्थलको ए र वडा नं ४ दोहलीको ए समुह, वडा नं ५ रजस्थलको बि र वडा नं ४ दोहली बिचको पहिलो खेलमा रजस्थलको दुवै समुह बिजयी भएर सेमिफाइन प्रवेश गरेका थिए । वडा नं २ हस्तिचौरको ए र बि तथा वडा नं ६ अम्मरपुरको ए र बिबिच भएको खेलमा वडा नं ६ अम्मरपुर बि र वडा नं १ हस्तिचौरको ए को समुह सेमिफाइलमा प्रवेश गरेको खड्काले बताए ।
प्रतियोगितामा उत्कृष्ट सबैलाई गाउपालिका प्रमुख लक्ष्मण बिष्टले पुरस्कार प्रदान गरे ।कार्यक्रममा गाउपालिका उपप्रमुख बिमला खत्री, प्रमुख प्रसासकीय अधिकृत सरोज पोखरेल, सवै वडाध्यक्ष, कार्यपालिका सदस्य लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रम प्रमुख बिष्टको अध्यक्षता तथा खेल संचालन उपसमितिको सदस्य सचीव लाल बहादुर कुवरको संचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend