logo
  • आइतबार, असोज ११ २०८३

बागलुङ अदालतमा ९ महिनामा सम्वन्ध बिच्छेदका ७६ मुद्दा दायर


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

बिमल खड्का, बागलुङ चैत २५ ।
पछिल्लो समय पतिपत्नी बीच सम्बन्ध बिच्छेदका घटनाहरुमा बृद्धि भएको छ । लोग्ने बैदेशिक रोजगारीमा जानेक्रम ह्वात्तै बढे सँगै पतिपत्नी बीच सम्बन्ध बिच्छेद हुने गरेको तथ्याँकले देखाएको छ ।
महिला मैत्री नेपालको कानूनले पनि सम्वन्ध बिच्छेदका घटनाहरु बढ्नुमा सहयोग पुगेको विश्लेषण गरिएको छ । यसरी सम्वन्ध बिच्छेदका घटनाहरु दिनपरदिन बढ्दै जाँदा पारिबारिक बिचल्लीको अवस्था समेत समाजमा देखिएको छ ।

बागलुङ जिल्ला अदालतमा चालु आर्थिक वर्षको पहिलो ९ महिनामा सर्वाधिक सम्वन्ध बिच्छेदका मुद्दा परेको छ । अदालतका अनुसार पतिपत्नी बीच सम्वन्ध बिच्छेदका ७६ मुद्दा परेको हो । महिलाका तर्फबाट ७४ र पुरुषका तर्फबाट २ सम्वन्ध बिच्छेदका मुद्दा दायर भएकोमा सबै फैसला  भएको अदालतले जनाएको छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा यो संख्या अझै बढ्ने बताईएको छ । बागलुङ जिल्ला अदालतबाट प्राप्त तथ्यांक अनुसार गत आबको जिम्मेवारी सरेको १२७ र यहि चैत १९ गते सम्म परेका २७५ गरी जम्मा ४०२ मुद्दाहरुमा २१० फैसला  भएका छन् । तथ्यांक अनुसार २ वर्ष नाघेको १ मुद्दा फैसला  हुन बाँकी रहेको छ ।

फौज्दारी तर्फ गत अवाटबाट सरेको १७ र हालसम्म परेको ६२ गरी जम्मा ७९ मुद्दाहरुमध्य ४० फछ्र्याैट भएका छन् भने देवानी तर्फ गत वर्षको जिम्मेवारी सरेको ६४ र हालसम्म परेको ८७ गरी १५१ मुद्दाहरुमा ५९ को  फैसला भएका छन् । यसैगरी देवानी फौज्दारी तर्फ गत आवको बाँकी ४६ र हाल सम्म परेको १२५ समेत जम्मा १७१ मध्य चैत १९ गतेसम्म ११० फछ्र्यौट भएको तथ्यांकले देखाएको छ ।

जिल्ला अदालतबाट गत चैत १९ गते सम्ममा १५ जबरजस्ती करणी र कर्तव्य ज्यान सम्वन्धी ४ मुद्दा फैसला भएको श्रोतले बतायो । श्रोतका अनुसार घरेलु हिँशाका ७, बहु बिबाह ४, अंश सम्वन्धी ४७ मुद्दा छिनिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend