साझा नेटवर्क
कमल पौडेल , बागलुङ चैत २५ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा निकट महिलाहरुको भेलाले संयुक्त वाम महिला संगठन गलकोट नगरपालिका ११ को गठन गरेका छन्।
यहि चैत्र १३ गते गल्कोट नगर स्तरको संगठन गठन पछि प्रत्येक वडामा संगठनको गठन गर्ने अभियान स्वरुप वडा नं. ११ को रिघामा पनि गठन गरिएको हो। जसको अध्यक्षमा गंगा श्रीस, उपाध्यक्षमा किउमाया पुन, सचिवमा निशा श्रीस, सहसचिवमा तृप्ति श्रीस, कोषाध्यक्षमा प्रेमकलि राना लगाएत २५ रहनुभएको छ ।
कार्यक्रममा संयुक्त वाम महिला संगठन गल्कोटका अध्यक्ष कौशिला घर्ति, जिल्ला समन्वय समिति बागलुङका सदस्य रुपा विक, संयुक्त वाम महिला संगठनका सचिव सरस्वती कार्की, कोषाध्यक्ष सुमित्रा कार्कि, सदस्य विष्णु राना, विष्णु कंडेल, रिता श्रेष्ठ, गल्कोट नगरपालिकाका वडा नं. ११ का अध्यक्ष डम्वर श्रीस लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रम गंगा श्रीसको अध्यक्षता, प्रेमकलि रानाको स्वागत मन्तव्य तथा दिलमाया घर्ति रानाको संचालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend