logo
  • आइतबार, असोज ११ २०८३

त्रिभुवन माविमा नतिजा प्रकाशन, बडिगाड कै शैक्षिक केन्द्र वन्ने पालिका प्रमुखको भनाई


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल , बागलुङ चैत २५ ।
त्रिभुवन माध्यमिक विद्यालय वडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा आइतवार एक कार्यक्रमका विच वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ ।
सो कार्यक्रममा वोल्दै वडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले गुणस्तरीय शिक्षावाट मात्रै समृद्ध र अनुशासित समाज निर्माण हुन सक्ने भएकोले त्रिभुवन मावि गुणस्तरीय शिक्षाको केन्द्र वन्न सक्ने वताउनु भएको छ। कार्यक्रममा वडा नं. ३ का अध्यक्ष तथा शिक्षा तथा सामाजिक विकास समितिका संयोजक खड्क पुन, वडा नं. २ का वडा अध्यक्ष हिमा खरेल, वडिगाड गाउँपालिकाका प्रसाशकिय अधिकृत अर्जुन शर्मा, शिक्षा विभागका अधिकृत कृष्ण रेग्मी, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ढालमणि भण्डारीले विद्यालयमा संचालन भैरहेका कार्यक्रम र भावि योजनाको वारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद भुसालको अध्यक्षता, सहायक प्रचार्य तथा विद्यालयका सुचना अधिकारी शिव पोखरेलको स्वागत मन्तव्य तथा शिक्षक वुद्धिवल चालिसेको संचालनमा सम्पन्न भएको थियो।
आज भएको कार्यक्रममा कक्षा नर्सरी देखि ९ सम्मका नेपाली तथा अंग्रेजी माध्ययम र प्राविधिक धार तर्फका विद्यार्थीहरुको परीक्षाफल प्रकाशन गरिएको हो। कार्यक्रममा प्रत्येक माध्ययम तर्फका प्रत्येक कक्षाका प्रथम, द्धितिय तथा तृतिय तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार सहित सम्मान गरिएको थियो।
यस वर्ष नमुना विद्यालयको सुचिमा परेको र सोहि अनुसार काम सुरु भैरहेको त्रिभुवन मावि खर्वाङमा साधारण धार तर्फ अंग्रेजी माध्ययम तर्फ कक्षा नर्सरी देखि कक्षा नौ सम्म, नेपाली माध्ययममा कक्षा ४ देखि कक्षा नौ सम्म र प्राविधिक धार तर्फ कृषि तथा वालि विज्ञानमा कक्षा ९ मा भर्ना खुलेको विद्यालयले जनाएको छ।
प्राविधिक धार तर्फ झण्डै आधा सिट छात्रवास सहितको पूर्ण छात्रवृत्तिको समेत व्यावस्था भएको प्रधानाध्यापक ढालमणि भण्डारीले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend