साझा नेटवर्क
अनिल खत्री , गुल्मी चैत २५ ।
कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मीमा चलेको तेस्रो गुल्मी महोत्सवमा लोक दोहोरी गायक बद्री पंगेनीले गीत गाउदा मञ्चमा बसेका नेता स्तब्ध भए भने दर्शकको आशु थामिएन ।
महोत्सवको आइतवार १० औं दिनका मुख्य आकर्षक बनेका गायक पंगेनीले महोत्वको प्रमुख अतिथिमा मञ्च बसेका नेपाली काँग्रेस नेता चन्द्र भण्डारीलाई देख्न साथ उनले नेता ज्यू खैत हाम्रो गाउँमा आएको जस्ता गीतहरु मार्फत प्रतस्तुत गरेका थिए ।
उनले गीत मार्फत धेरै सन्देश मुलक कुरा थपे तब काँग्रेस नेता चन्द्र भण्डारी झनै स्तब्ध भए । गीत गाउँदै गरेका गायक पंगेनीलाई काँगे्रस नेता भण्डारीले आफुले लाएको माला समेत लगाई दिए । गायक पंगेनीले जनताको घर घरमा सबै खाले बिकासका अनुभूतिहरु नपुगेको नेता प्रति दर्शाए । उनले गुल्मी जिल्लामा तिन जना मन्त्री र प्रतिपक्ष दलको नेता पनि प्रभावशाली नेता भएकाले जिल्लाको निम्ती बिकासको गर्ने पालो आएको बताए ।
गीत गाउँदै जाँदा पंगेनीले जनताले दुख पाइरहेका छन् त्यसको अत्यको लागी नेताहरु गाउँगाउमा पुगेर बिकासको अनुभुति सदन गीत मार्फत आग्रह गरे । गायक पंगेनीले नेताहरु चिल्ला गाडीहरुमा हिने तर जनताको दुख कष्टलाई बिर्सने गरेकाले त्यसको खबदारी गर्न गीत गाएको बताए । गायक पंगेनीले प्रस्तुतिको अर्को गीत स्वरुप आमा बिदा पाउदिन भन्ने गीत गाए । उनले गीत मार्फत बिदेशमा रहेका बिभिन्न कथा बस्तुहरु सुनाए धेरै दर्शकहरु आँखाबाट आसु झारे ।
उनी गीत गाउँदै दर्शकसँग पुगे धेरै बृद्धआमाहरु उनको मुहार हेर्दै आशु झारि रहेका थिए । गायक पंगेनीको गीतमा महिला आमा मात्रै होइन धेरै पुरुषहरुका पनि आशु थामिएका थिएनन् । गीत गाउँदा पंगेनी आफै स्तब्ध बनेका थिए । गीतमा उनले बिदेशीएका धेरै नेपालीहरुलाई स्वदेशमै रोजगारीको व्याबस्था मिलाउन आग्रह गरे । उनले गुल्मी जिल्लाबाट प्रदेशीएका दाजुभाईहरुलाई स्वदेश फर्किएपछी यहि केहि गरेर बस्न समेत आग्रह गरे । गीत सुन्दै गरेका काँग्रेस नेता भण्डारी पनि उनको गीत सुनेर आफु स्तब्ध भएको बताएका थिए ।
गायक पंगेनीले नेताहरुलाई खबदारी गर्ने गीत प्रति आफु निकै भावुक र स्तब्ध बनाएको बताए । उनले पंगेनीकाृे आमाको गीतमा निकै सन्देश मुलक भाव रहेको बताए। गायक पंगेनीले बिकास गर्न गाउँ फर्किन नेताहरुलाई गरेको आग्रहमा उनले आफु जनप्रतिनिधी बन्दाका बिकास गतिबिधीहरु सम्झाएका थिए ।
जिल्लाको निम्ती धेरै कामहरु गरेको र आगामी दिनहरुमा पनि सहयोग रहने बताए । भण्डारीले जिल्लाको बिकासको निम्ती धेरैकामहरु सुरुवाती चरणमा रहेकाले आगामी दिनहरुमा चरण बद्ध पुरा हुने बताए। चैत १६ गते बाट सुरु भएको तेस्रो गुल्मी महोत्सव चैत २६ गते सोमबार सकिदैँ छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend