logo
  • शनिबार, कार्तिक २२ २०८३

बागलुङमा चट्याङले ५ जना घाइते ३ काे अवस्था गम्भीर लाई पाेखरा रिफर


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

बिमल खड्का बागलुङ ,चैत २४ ।
आज विहानै देखीको अबिरल वर्षा सँगै साढे सात बजे चट्याङ परेर एकै घरमा रहेका पाँच जना घाईते भएका छन् ।

बडीगाड गाउपालिका वडा नं ६ घ्वाङमा चट्याङ परि वर्ष ३६ की गंगा थापा , १४ वर्षिया सविना थापा १४ बर्षकै भूमि सिँजाली, वर्ष १२ की लक्ष्मी माकिम र वर्ष १५ की गीता माकिम घाईते भएकाे ईलाका प्रहरी कार्यालय भिमगिठेले जनाएको छ ।

घाईते मध्य गम्भीर अवस्थाका गंगा थापा, सविना थापा र भुमि सिँजालीलाई थप उपचारका लागि पोखराकाे गण्डकी अस्पतालमा रिफर गरिएको छ । चट्याङबाट घाईते बनेका लक्ष्मी माकिम र गीता माकिमको खारबजार स्थित बडीगाड अस्पतालमा उपचार भैरहेको बताएको छ । मोबाईल चलाईरहेको बेला घरमा चट्याङ परेको बताएको छ ।

चट्याङ पछी त्यस क्षेत्रमा विद्युत सेवा बन्द भएको छ भने चट्याङ परेको घर नजिकका नरबहादुर सिँजाली, कुमबहादुर सिँजाली र गंगा थापाको घरहरुलाई चट्याङले घरमा क्षेती पुराएको स्थानीयले बताएका छन् । यी सबै घरका विद्युत मिटर जलेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend