logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा गायक राजेशपायल राई चढेको गाडी ठोक्कीयो , सुगम पोखरेल गायक


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अनिल खत्री , गुल्मी चैत २४ ।
गुल्मीमा दुइवटा गाडी एक आपसमा ठोक्कीदा ७ जना घाइते भएका छन् । बुटवलतर्फबाट गुल्मीको सदरमुकाम तम्घासतर्फ आउँदै गरेको गायक राईको बा१२ज ४४४२ नम्बरको कारसँग लु१झ ३१३३ नम्वरको ट्याक्सी रेसुङ्गा नगरपालिका वडा नम्बर १३ को दुविचौरमा ठोक्किँदा ट्याक्सीमा सवार ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घाइते ७ जना मध्ये ३ जनाको पाल्पा उपचारको लागी पठाइएको छ । गम्भिर घाइतेहरु गुल्मी दरवार गाउँपालिका घर भएकी २४ वर्षिय गीत घर्ति, ३ वर्षका साहिर घर्ति र २३ वर्षका रामबहादुर कुँवर रहेको प्रहरीले जनाएके छ । अरु ४ जनाको जिल्ला अस्पताल गुल्मीमा सामान्य उपचार पछी घर फर्केको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।
गाडी दुर्घटनामा तेस्रो गुल्मी महोत्सवको शनिवारको कार्यक्रमको लागी गुल्मी आउँदै गरेका गायक राजेश पायल रार्ई चढेको गाडी एक अपसमा ठोक्किएका थिए । गायक राईसाँगै गाएक खुम गौतम,पत्रकार परानन्द खनाल सकुल रहेका छन् ।

राई शनिवारको प्रस्तुति दिन तम्घासको एक होटलमा आराम गरेर बसिरहेको आयोजकले जनाएको छ । उनी गायक राईको गाडीसँग अर्को गाडीले ठक्कर दिँद उनि चढेको गाडीमा क्षती भएको छ । गाडी ठोक्कीएर उनी घाइते भएको भन्दै समाचार आएको प्रति उनले आफु सकुल रहेको बताएका छन् । उनि रहेको होलमा पुगेर बाणिज्य संघ गुल्मीको एक टोली स्वागत गर्दै उनि सामान्य रहेको बताएका छन् ।

गायक राईले शनिबार हुने गुल्मी महोत्सवको कार्यक्रममा तम्घासको चिदिचौरमा अफना पक्षका २० हजार वढी दर्शक आउने बताए । उनले आफु सकुल रहेकाले सबैलाई शनिवारको प्रस्तुतिमा रमाउन आउन आग्रह गरे । यता शुक्रवार गुल्मी महोत्सवमा सदरमुकाम तम्घास आउने भनेका सुगम पोखरेलले आयोजकलाई ढाटेका छन् ।

महोत्सवको शुक्रवारको प्रस्तुति दिन काठमाडौबाट बुटवल हुँदै केराबारी सम्म आएर पुन बुटवलमा रहेर कार्यक्रममा धोका दिएको आयोजकले जनाएको छ । उनललाई कार्यक्रममा ल्याउन बुटवल गएको गाडी सम्पर्कमा नआएपछी फर्किएको आयोजकले जनाएको छ । कार्यक्रम नआएपछी आयोजकले अन्तिम समयमा आएर सम्पर्क बिहिन भएर धोका  दिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend