logo
  • शनिबार, असोज १० २०८३

एकीकृत अखिल शिक्षक संगठनको भेटघाट तथा प्रशिक्षण सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बिमल खड्का , बागलुङ चैत २१ ।
नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनले आफ्नो संगठनमा रहेका शिक्षकलाई जागरुक तथा शिक्षकहरुलाई साङ्गठित गर्नेअभियानलाई जिल्लाभर त्रिव्रताका साथ अगाडी बढाएको छ।
एकीकृत अखिल शिक्षक संगठन बागलुङ जिल्ला अध्यक्ष नगेन्द्र खरेलका अनुसार अभियान बागलुङ जिल्लाका सबै स्थानीयतहरुमा संचालन जानकारी दिएका छन । निष्क्रिय रुपमा संगठनमा रहिरहेका शिक्षकहरुलाई सक्रिय रुपमा जागरुक बनाई शिक्षक पेशागत हित र बिकासमा लाग्ने बिश्वासका साथ नगरपालिका तथा गाउँपालिका स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रम गरिरहेको उनले बताए

जिल्ला ब्यापी अभियान अनतर्गत बागलुङकाे काठेखाेलामा चैत १७ गते जैमुनी नगरपालिकामा १८ गते भेटघाट तथा प्रशिक्षण कार्यक्रम गरिएकाे छ। बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमहरु बागलुङ जिल्लाका १० वटा स्थानीय तहमा हुने भन्दै समाजवादी शिक्षा नीति,समाजवादी क्रान्तिको आधार , ट्रेड युनियन अधिकार , बामपंथी शिक्षक एकता र शैक्षिक बिकास, गाउँ तथा नगरपालिका भेटघाट को मुख्य नारासहित बिस्तारित बैठक जिल्ला भरी संचालन गर्ने बताएको छ ।

यहि चैत २६ गते बागलुङ नगरपालिका २७गते ताराखोला र २८ गते बरेङ गाउँपालिकामा प्रशिक्षण गरिने बताएको छ । साथै चैत २९ गते जिल्ला समन्वय समिति बागलुङको बैठक सबै पालिकाका अध्यक्ष सहितकाे बैठकको अायाेजना गरिएकाे बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend