logo
  • शुक्रबार, असोज ९ २०८३

शिरफुलको शिर्ष गीतलाई अहिले सम्म ४० लाख बढीले हेरियो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

राजकुमार खाती ,काठमाडौं चैत २० ।
चलचित्र  शिरफुलको शिर्ष गीत भिरै माथि भिर फूल शिरै माथि शिरफूलले युट्युवमा निकै  लोकप्रिय हुदै गएको  छ ।
सकारात्मक प्रतिक्रियाका साथै प्रस्तुत गीतले धेरैको मन जितेको सफल रहेको छ  भने  नेपाली लोकलय साथै शब्दलाई मिठासपूर्ण तरिकाले गाइएको यस गीतलाई युट्युवमा  ४० लाख भन्दा बढीले हेरीसकेका छन् भने गीतको भिडियोलाई १४ हजार भन्दा बढीले लाइक गरेका छन् र करिब ८ सय भन्दा बढिले कमेन्ट गरेका छन् ।

देव राज आले मगर र तारा श्रीस मगरको सुमधुर स्वरले सुसजित प्रस्तुत गीतमा देवराज आलेको संगीत र राजु थापाको शब्द रहेको छ । रिकेश गुरुङको संगीत संयोजन रहेको गीतको भिडियो पनि निकै उत्कृष्ट बनेको छ । अजय स्यांग्तानको कोरियोग्राफीमा गीतको भिडियोमा अभिनेत्री मरिश्का पोख्रेल र कमल एक्चै मगरले दमदार नृत्य गरेका छन् ।

युवा पुस्तामा बढ्दो आधुनिकताले गर्दा परेको विकृतिलाई उजागर गर्दै त्यसको निराकरण पहिल्याउने विषयवस्तु समेटिएको ’शिरफुल’मा प्रेम, मौलिकता तथा संस्कारको नकारात्मक प्रभावको चित्रण गरिएको छ । गाउँदेखि शहरसम्मको विषय समावेश गरिएको यस फिल्म नारीप्रधान कथावस्तुमा तयार पारिएको छ ।

मगर्स क्रियसन र पर्फमिङ आर्ट क्रियशनको पहिलो प्रस्तुतीमा बनेको ’शिरफुल’लाई आशिर्वाद पुन मगरले निर्माण गरेका हुन् भने युवा निर्देशक कमल एक्चै मगरले निर्देशन गरेका हुन् । फिल्ममा रुपा राना मगर, विनिता मगर, राज थापा, देव आले मगर, निता पुन मगर, पुजा गदल, नमिता तामाङ्, विना थापा, लिला गुरुङ, राजु योगिन, सुनिल मगर लगायतको अभिनय रहेको छ ।

फिल्ममा देव राज आले मगरको कथा, राज थापा र राजु योगिनको पटकथा र संवाद, हरि लम्सालको संगीत, श्री खड्काको द्वन्द्व, डिपी खनाल र सन्दिप थापाको गीत, सिद्धान्त एस पौडेलको निर्माण नियन्त्रण, निरज श्रेष्ठको छायांकन रहेको छ ।

                                       हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend