logo
  • आइतबार, असोज ११ २०८३

ढाेरपाटन महाेत्सव बैशाख १ देखि सुरु ५ लाख पर्यटकले अवलोकन गर्ने


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

बिमल खड्का , बागलुङ चैत १९ ।
पश्चिमी बागलुङ स्तरीय कृषि,पर्यटन तथा अाैधाेगिक व्यापार मेला तथा ढाेरपाटन महाेत्सव २०७५ जिल्लाकाे पश्चिम भेग निशि भुजी तमान र बडिगाडकाे संगम स्थल बुर्तिबाङ बजारमामा बैशाख १ देखि ७ गते सम्म संचालन हुने भएकाे छ ।
बागलुङ जिल्लामा रहेकाे नेपालकै एक मात्र सिकार अारक्ष ढाेरपाटन सिकार अारक्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने स्थानीय भेषभुषाकाे उजागर गर्ने कला संस्कृतिकाे संरक्षण गर्ने उदेश्यका साथ महाेत्सव अायाेजना गरिएकाे उद्योग बाणिज्य संघ ईकाई बुर्तिबाङका महासचिव राम सुवेदीले बताए । महाेत्सवले स्थानीय कला, संस्कृतिको संरक्षण रमणीय स्थलकाे अवलोकन संगै पर्यटन विकासका लागि महोत्सवले महत्त्वपुर्ण भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
आगामी बैशाख १ गते देखी ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा ६१ लाख रुपैँया आम्दानी गर्ने र सोही रकम बराबरको खर्च हुने अनुमान गरेको बताइएको छ । बागलुङ उद्योग बाणिज्य संघ बुर्तिबाङ इकाईका अध्यक्ष चिन्तामणी शर्माका अनुसार ढोरपाटन नगरपालिकाले मात्रै महोत्सवका लागि १० लाख रुपैँया बिनियोजन गरिसकेको जानकारी दिएका छन । भने सह।अायाेजकमा निशिखाेला गाउँपालिका तमान खाेला गाउँपालिका र बडिगाड गाउँपालिका लगाएतका अन्य संघ संस्था रहेकाे बताएको छ ।

७ दिन सम्म चल्ने महोत्सवमा ५ लाख भन्दा बढि स्थानीय तथा बाह्य पर्यटकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ। ७० देखी एक सयको हाराहारीमा स्टल राखिने आयोजकले जनाएको छ। यस्तै कृषि प्रदर्शनी, विभिन्न स्थानीय खानाका परिकारहरु, स्थानीय स्रोत, साधनबाट निर्मित सामाग्रीहरु राखिने छ । महोत्सव अवधीभर प्रदेश स्तरीय ब्याडमिन्टर प्रतियोगिता, पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता राष्ट्रिय तेक्वादो, पञ्चेबाजा, छेलो, रस्साकस्सी, कविता प्रतियोगिता लगायतका विविध कार्यक्रमहरु रहेका छन् ।

राष्ट्रिय तथा स्थानीय कलाकारहरु बेजोड प्रस्तुति सहितकाे सांगीतिक प्रस्तुती समेत राखिने अायाेजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend