साझा नेटवर्क
टेक राज थापा , कतार ।
उपरोक्त सम्बन्धमा मिति ६ अप्रिल २०१८ शुक्रबारका दिन समय विहान १०:३० बजे नज्मा स्थित शालिमार रेष्टुरेण्टको सभाहलमा गैरआवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा युवा फोरम” को सक्रियतामा “युवा जागरुक्ता तथा शसक्तिकरण” सेमिनारको आयोजना गरिएको हुदा कतारमा रहेका जागरुक युवाहरुलाई आमन्त्रणको लागि आव्हान गरेको छ ।
सहभागिता जनाउन ईच्छुक युवाहरुले आगामी ३ अप्रिल, २०१८ सम्ममा आफ्नो नाम : नेपालको ठेगाना कतारको मोवाईल नम्वर ईमेलः नाम दर्ता गराउन अनुरोध गरिएको छ । दर्ताका लागि ईमेल qa.generalsecretary@nrna.org, nrnancc.qatar2003@gmail.com वा एनसिसि कतारको फेसवुकमा म्यासेज गर्न वा ५५६००२३५ मा फोन गर्न सकिनेछ संघसंस्थाको तर्फबाट २ जनाको नाम उपलब्ध गराउन हुन् एनआरएन सी सी ले जनाएको छ । सहभागि हुन सक्ने युवाहरुको नाम मात्र उपलब्ध गराउनुहुन सुचित गरिएको छ ।
तपसिल
स्थान: शालिमार रेष्टुरेण्ट नज्मा, कतार
मिति : ६ अप्रिल २०१८ शुक्रबार
समय: विहान १०:३० देखि ५ वजेसम्म
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend