logo
  • शनिबार, असोज १० २०८३

गुल्मी महोत्सवमा बहुला बनाए गायक रमेशराजलाई


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री , गुल्मी चैत १८।
कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै तेस्रो गुल्मी महोत्सव गुल्मीमा सुरु भएको तेस्रो गुल्मी महोत्सवको दोस्रो दिनको साँस्कृतिक कार्यक्रममा गायक रमेशराज भट्टराईलाई गुल्मीमा बहुला बनाए ।
जब साँस्कृतिक प्रस्तुति दिन महोत्सवको स्टेजमा गए तब गायक रमेशराज भट्टराईलाई गुल्मी महोत्सवमा साँस्कृतिक कार्यक्रम हेर्न गएका दर्शकले ठुलो स्वरमा हुटिङ्ग गर्दै सुरुमै बहुला गीत गाउन भन्दै थिए । तर उनले सुरुमै आफनो केहि दिन अघिको गीत सुनाए मञ्च नजिकै पुगेका दर्शकको मन थामिएन उनिसँगै नाच्नलाई जनिकै जान खोजे । धेरै दर्शक उनकै प्रस्तुती हेर्न कार्यक्रमको अन्ति प्रहर सम्म बसेका थिए । कार्यक्रममा उनको प्रस्तुति अन्तिम चरणमा थियो त्यसैले पनि दर्शकको रोजाईमा उनि थिए । कार्यक्रमको सुरुमा उनले नथियावाली भन्ने बोलको गीत गाए । दर्शकको धेरै हुटिङ्ग आयो गायक रमेशराज दर्शक भएठाउँमै पुगेर गीत गाए ।
उनले अर्को गीत तिमी लास्टै बिउटी छउ भन्ने गीत पनि गाए दर्शकबाट उनका हेरक गीतमा साथ रहेयो । गीत गाउँदै जाँदा उनले गीतको पुरै गीत गाउँदै गए धेरै दर्शकले साथ दिए उनि झनै उत्साहि बन्दै गीत गाए । कार्यक्रमको बिच बिचमा अतिथीहरुलाई पनि नचाउँदै उनिले तम्घासको चिदिचौर झनै रमाइलो मय बनाए । सांगितिक प्रस्तुति एक पछी अर्को बवाल भो थपे झनै दर्शकले साथ दिए । उनि दर्शक भएको ठाउँमै पुगेर गीत गाए ।
दर्शदले उनलाई समाएरै गीत गाए । गायक रमेशराजले प्रस्तुति दिँदा धेरैको मन जिते । गायक रमेशराज लोक बिधाका गीत गाउन उत्तिकै सिपालु रहेका छन् । लोक बिधासँगै उनलाई सुगम संगीतमा पनि उनि निकै लोकप्रिय गायक तथा गीतकारको रुपमा परिचित छन् । अन्तिम प्रहरमा बेहुला बनाउछु भन्थी बहुला बनाएर गई गीत गाए धैरैको नजर उनि माथी खनियो । दर्शले गीतको सबै अंस गाउँदै जाँदा सबैले साथ उत्तिकै दिए । गीत गाउँदै उनि दर्शक कहाँ पुगे गीत एक पटक सकियो दर्शकले मानेनन् पुनः फेरि गीत गाउन भने उनि फेरि उक्त गीत गाए । धेरै दर्शक श्रोताको मन जित्ने गायक रमेशराजलाई अन्तिम प्रहर सम्म साथ दिने दर्शलाई धन्यवाद दिँदै बिदा भए ।
तर महोत्सवको दोस्रो दिनको कार्यक्रम सञ्चालन गरिरहेकी लोकप्रिय गायिक एबं उद्घोषिका मञ्जु पौलेलसँग दोहोरी समेत गाए । दोहोरीम समेत मञ्जु र रमेशराजको घम्सा घम्सी भयो । धेरै दर्शकले रमाइलो मय मान्दै अबेर सम्म साथ दिए । दोस्रे दिनको कार्यक्रममा गायिक मञ्जु पौडेलसँगै,सम्झना लामिछाने,रमेशराज भट्टराई लगायत गुल्मी जिल्लाबाट राष्ट्रिय स्तरमा चर्चित एक दर्जन कलाकारको प्रस्तुति थियो ।

तम्घासको तेस्रो गुल्मी महोत्सव निकै रमाइलो मय भएको आयोजक पक्षको दाबी रहेको छ । आयोजकले महोत्सवलाई रमाइलो मय बनाउन हरेक बिधाका गीत गाउने कलाकारहरुको प्रस्तुति रहेका जनाएको छ । चैत १६ गतेबाट सुरु भएको महोत्सव चैत २५ गते १० दिन सम्म सञ्चालन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend