logo
  • शनिबार, असोज १० २०८३

ओली सरकारको प्रतिपक्ष बेरोजगारी हो


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल , गुल्मी चैत १८ ।
नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले नेपालमा पार्टीगत पक्ष बिपक्ष भन्दा पनि देशको बरोजगारी नै प्रमुख प्रतिपक्ष भएको बताए ।
उनले कतारको मरुभुमिमा तरकारी फलाउने नेपाली युवाहरुको घरका मलिला बारी बाँझिएकाले सरकारको प्रमुख प्रतिपक्ष बेरोजगारी भएको बताए । तेस्रो गुल्मी महोत्सवको शनिबार उद्घाट गर्दै मन्त्री ज्ञवालीले अहिलेसम्म सिंह दरवारमा प्रधानमन्त्री र मन्त्रीका फोटा फेरिनु बाहेक अरु काम नभएकाले जनताका आशा र अपेक्षा रेमिट्यान्समा केन्द्रित भएको बताए । त्यसैले नेपालको विकासका निम्ती निजी क्षेत्रको भुमिका महत्वपूणं हुने उनले बताए ।
ठुलै परियोजनाहरु संचालन गर्न तत्काल समस्या भएपनि तलव खुवाउन र कार्यालय संचालनमा कुनै समस्या छैन,’उनले भने,‘बाह्य मुलुक पनि नेपालमा लगानी गर्न इच्छुक छन् ।’ देश विकासमा राज्यको महत्वपूर्ण क्षेत्र निजि क्षेत्र भएपनि धेरै खाले समस्या रहेको ज्ञवाली बताए । ‘अहिलेसम्म उद्योग बाणिज्य संघ पनि व्यापारीहरुको बाणिज्यसंघ मात्रै भए, उद्योग हराए,’ज्ञवालीले भने,‘अब सरकार संगसंगै निजि क्षेत्र अघि बढ्नुपर्छ ।

महत्वकांक्षी निर्णयले ४ खर्वको खाल्डोमा सरकार

सरकार छोड्ने बेला देउवा सरकारले गरेका केहि महत्वकांक्षी निर्णयले चार खर्वको खाल्डोमा वर्तमान सरकार रहेको प्रदिप ज्ञवालीले बताए । उनले कर्मचारीको स्वच्छिक अवकास, सामाजिक सुरक्षा भत्ताका उमेर घटाउने निर्णय, भुकम्प तथा बाढी पीडितलाई एक÷एक लाख दिने निर्णयले अहिलेको सरकारमा चार खर्वको दायित्व रहेको बताए । मन्त्री ज्ञवालीले देउवा सरकारले हस्तान्तरक्ष गरेको दायित्व र संघिय संरचनाको व्यावस्थापन गर्ने कार्य नै सरकारको प्रमुख चुनौती रहेको बताए ।

केन्द्रमै नितीगत र आर्थिक भ्रष्टाचार बढि छ

उनले अहिले देश नितीगत र आर्थिक भष्ट्राचारको चुंगुल फसिरहेकाले त्यो लडाँई जित्नु सरकारको अर्को चुनौतीको बिषय भएको बताए । ज्ञवालीले अहिलेसम्म मन्त्रालयहरु स्वतन्त्र टापु जस्तै भएकाले धेरैखाले भ्रष्टचार केन्द्रमै बढि भएको समेत बताए । ‘भष्ट्राचार स्थानिय स्तरदेखि केन्द्रसम्मको समस्या हो, उनले भने, ‘त्यसलाई जरैदेखि निर्मुल पार्नु प्रधानमन्त्रीको कार्यलयमा केहि शक्ति केन्द्रित गरिएको छ ।’ सरकार दृढ रुपमा लागेको भन्दै अब भष्ट्राचारमुक्त नेपालको निर्माण हुने समेत उनले बताए । ज्ञवालीले मुलक अब नयाँ युगमा प्रबेश गरेकाले राज्यमा कुनै ढिला सुस्ती र भष्टचारको बिरुद्धमा राज्यले मुखदर्शक भएर नबस्ने बताए ।

तेस्रो गुल्मी महोत्सव शुरु

गुल्मी उद्योग बाणिज्य संघ गुल्मीको आयोजनामा १६ चैतदेखि २५ गतेसम्म संचालन हुने महोत्सव शनिवारबाट शुरु भएको छ । परराष्ट्र मन्त्री ज्ञवालीले महोत्सवको उद्घाटन गरे । यो बर्षको महोत्सवको नारा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य, कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने तय गरिएको छ । महोत्सवलाई थप प्रभावकारी बनाउनको बिभिन्न २६ वटा उपसमिति गठन भएको गुल्मी उद्योग वाणिज्य संघले जनाएको छ ।

हेलिकप्टरद्धारा पर्यटकीय स्थलको भ्रमण

तेस्रो गुल्मी महोत्सवलाई थप आकर्षित गर्न आइतबारबाट हेलिकप्टर संचालन गरिने भएको छ । महोत्सव १० दिन लाग्ने भएपनि दुई दिन हेलिकप्टरको ब्यवस्था मिलाएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका पुर्व अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । हेलिकप्टरद्धारा गुल्मी जिल्लाका ऐतिहासिक, पर्यटकिय, धार्मिक स्थलहरुको दृश्याबोलकन गर्न सकिने श्रेष्ठले बताए । हेलिकप्टर सदरमुकाम तम्घास नजिकै रहेको गर्जुराबाट उडान गरिने छ । महोत्सवमा हेलिकप्टर चढनको लागी बिभिन्न प्याकेज र मुल्य निर्धारण गर्ने काम भइरहेको गुल्मी उद्योग बाणिज्य संघले जनाएको छ ।

रम्बा लोक दोहोरी प्रतियोगीता

गुल्मी उद्योग बाणिज्य संघले महोत्सव अवधिभर स्थानीय तह स्तरिय रम्बा लोक दोहोरी प्रतियोगीता संचालन गर्ने भएको छ । लोक संगीतको संरक्षण तथा नयाँ प्रतिभाहरुको उजागर गर्ने मुख्य उदेश्यले ‘गुल्मी रम्बा तारा दोहोरी गीत’ प्रतियोगिता संचालन गर्न लागिएको गुल्मी उद्योग वाणिज्य संघका महासचिव तारा भुसालले जानकारी दिए । १९ चैतबाट प्रतियोगीता संचालन हुने छ । गुल्मी रम्बा तारा दोहोरीगीत प्रतियोगिता उत्कृष्ट हुने प्रतिभालाई रम्बा तयारी चाउचाउको तर्फबाट पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend