logo
  • शनिबार, भाद्र २० २०८३

पुर्व राज्यमन्त्री एवं कांग्रेस नेत्रीसंग जनसम्पर्क समिति कतारको अन्तरक्रिया


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, दोहा।
पुर्ब राज्यमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय संग नेपाली जनसम्पर्क समिति कतारले भेटघाट एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेत्री उपाध्यायले प्रवासमा रहेर पार्टी र देशको लागि जनसम्पर्क समितिहरुले निक्कै महत्वपूर्ण योगदान दिएका छन । कतारमा रहेको गल्फकै पहिलो जनसम्पर्क समितिको बारे धेरै नेताहरुबाट सुनेको थिए आज प्रत्यक्ष यसरि कार्यक्रममा भेट्न पाउदा खुशि लागेको बताइन ।
नेपालको अर्थतन्त्रमा प्रवासी नेपाली हरुको ठुलो योगदान छ । कांग्रेसको बैदेशिक रोजगार नीतिका कारण लाखौ बेरोजगार युवाहरुले रोजगार पाएर उनीहरुलेनै पठाएको रेमिट्यान्सले भए पनि ठुलो अहिले देशलाइ टेवा पुर्याएको बताइन । कार्यक्रमलाइ सम्बोधन गर्नेक्रमा कांग्रेसले ३ तहको निर्वाचन सम्पन्न संबिधान कार्वान्वयन हुनेगरी देशलाई आर्थिक समृद्धि तर्फ बढाएको छ । त्यसैले अब देशले नेपाली युवा विदेश पठाएर रेमिट्यान्सको भरमा पर्नु हुदैन नेपालमै रोजगार व्यवासयको ढोका खोलिनु पर्छ र त्यसको लागि आफु आसाबादी रहेको बताइन ।
कांग्रेसले चुनाममा सिट संख्या मात्र हारेको हो जनताको मत हारेको होइन ।त्यसैले कांग्रेसका सुभचिन्तक कार्यकर्ताहरुलाई निरास नहुन आग्रह गर्दै गिरिजा बाबुले ६४ सालमा निर्वाचन हारिने बुझ्दाबुझ्दै देशलाई जिताउन निर्वाचन सम्पन्न गरेजस्तै यो चुनाव पनि कमुनिष्टहरुको गठबन्धन्ले असर पार्छ भन्ने हामी सबैलाइ थाहा भए पनि संविधानको संस्थागत गर्न सबै मधेशवादी दलहरुलाई समेत समेटर ३ तहको चुनाव गराउदा पराजय भोगेपनि फेरी देशले नै जितेको छ । त्यसैले कांग्रेसको हार ठुलो नमानी आगामी दिनहरुमा पार्टीलाई बलियो बनाएर लैजान सबैले महत्वपूर्ण जिम्मेवारी बहन गर्न पर्ने बताइन ।
कावा सभापति शंकर न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रका बिशेष अथिति जनसम्पर्क समितिका संस्थापक सभापति एवं कांग्रेस महासमिति सदस्य नरेन्द्र भाटले कतारमा जनसम्पर्क समितिको स्थापना गर्दाको दिनहरु सम्झदै सस्थाले सक्रिय रहेर निरन्तर काम गरिरहेको बताए । कार्यक्रममा नेपालबाट आउनु भएका कांग्रेस महासमिति सदस्य दिनेश  उपाध्याय संस्थापक कोषाध्यक्ष भूपति भट्टराइ र अर्जुन चापागाईले मन्तब्य राखेका थिए कार्यक्रमको बिशेष अतिथि महाधिवेशन प्रतिनिधिहरु क्रान्ति सिंह, धिरज चामलिंग राई सल्लाहकारहरु मोहम्मद शाकिर अलि, राज रेग्मी लगायत ईकाई अध्यक्षहरु अतिथि रहेका थिए कार्यक्रम महामन्त्री मोहम्मद अजिज अलिले संचालन गरेका थिए ।
राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा स्वागत मन्तब्य सहमहामन्त्री केदार भुषालले राखेका थिए । जनसम्पर्क समितिले प्रकाशन गरेको पहिलो र दोश्रो स्मारिका नेत्री उपाध्यायलाइ प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend