logo
  • आइतबार, असोज ११ २०८३

माेटर बाटाे निर्माणलेबडिगाडका ४ सय घर धुरिमा पानीकाे हाहाकार


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

बिमल खड्का, बागलुङ चैत १७।
बागलुङ जिल्लाकाे पश्चिमी बडिगाड गाउँपालिकामा खानेपानीकाे समस्या परेकाे छ । गाउँपालिका वडा न ६ र ७ का स्थानीय बासिन्दाले प्रयोग गर्दै अाएकाे खानेपानीकाे अापुर्ति बन्द हुदा स्थानीयहरुमा समस्या परेकाे छ ।

गाँव माझखर्क असारे हुँदै सैरेनी जाेड्ने माेटर बाटाे निर्माण गर्ने त्रममा खानेपानीकाे पाईप पुटेपछि स्थानीयहरुलाई समस्या परेकाे हाे । माेटर बाटाे निर्माण समितिका सचिव खगेन्द्र बुढाका अनुसार माेटर बाटाे निर्माण कार्य त्रिब्र रुपमा भएकाले केही दिन अझ‌ै पानीकाे अापुर्ति बन्द हुने बताएका छन ।

पानीकाे अापुर्ति नहुदा बडिगाड गाउँपालिका वडा न ६ घ्वाङ ७ काे डाडागाउ गैरागाऊ गावँ छाँपका ४ सय घर धुरीमा पानीकाे यति बेला चरम अभाव बढेको हाे । गर्मी याम सुरु भएपछि पानीको मुहान पनि सुक्दै गएकाले कुवाकाे पानी पनि सुकेपछि थप स्थानीय मारमा परेका छन ।

स्थानीयहरुले प्रयोग गर्दै अाएकाे पानी बन्द हुदा नुहाउन,कपडा धुन र पशुचाैपाया पानी दिनमा समस्या परेकाे स्थानीयहरुकाे गुनासो छ। स्थानीय पानी मिस्तिरीका अनुसार भाेली खानेपानीकाे पाईपकाे व्यवस्था गरि पुटेका ठाउँबाट पानी ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend