साझा नेटवर्क
अनिल खत्री , गुल्मी चैत १६ ।
कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्न भन्दै सञ्चालन हुन लागेको तेस्रो गुल्मी महोत्सवको अबसरमा तम्घास बजार सरसफाई भएको छ । यहि चैत १६ देखि २५ गते सम्म सञ्चालन हुने तेस्रो गुल्मी महोत्सवको अबसरमा बिहिवारे तम्घास बजार सरसफाई गरिएको हो ।
तम्घासको लाकुरी मञ्च देखि बजारका बिभिन्न चोक चोकहरुसँगै उदिनढुङ्गा सम्म बजार क्षेत्रमा सरसफाई गरिएको तेस्रो गुल्मी महोत्सवनगर तथा मेलास्थल सरसफाई समिति संयोजक एबं बाणिज्य संघ गुल्मीका पूर्व महासचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।
महोत्सवमा धेरै चहलपहल हुनेसँगै सरसफाईको क्षेत्रलाई कसरी सुन्दर राख्न भन्दै सरसफाई गरिएको आयोजकले जनाएको छ ।सरसफाई कार्यक्रममा तम्घास बजार वासी तथा महोत्सव आयोजक समितिहरुको सहभागिता रहेको थियो । महोत्सवमा आउने पाहुना तथा आगन्तुकहरुलाई बजार क्षेत्र सुन्दर सफा देखाउनको लागी बजार बासी सरसफाई अभियानमा जुटेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend