साझा नेटवर्क
टेक राज थापा, कतार ।
युनाइटे क्लिनिंग कम्पनीमा कार्यरत बिभिन्न देशका महिला पुरुष कामदार बिगत ४ महिना देखी पारिश्रमिकबाट बन्चित थिए ।
भखरै केहि समय पहिले गठन भएको अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतार, नेपाली राजदूतावस,राष्ट्रिय मानव अधिकारको सयुक्त प्रयासमा रेड क्रेसेन्ट कतार, र मोहम्मद मुक्तदा मुसलमानको विशेष पहलमा पीडितको बासस्थान मा गई आज पीडितहरुलाई खाध्यान्न र खर्च स्वरुप प्रति व्यक्ति ३०० कतारी रियलको दरले फुड भौचर हस्तान्तरण गरेको हो ।

उक्त कम्पनीमा विभिन्न मुलुका महिला पुरुष कार्यरत छन् भने पहिलो चरणमा महिलाहरुलाई राहत हस्तानतरण गरिएको छ । भने ८३ जान महिला मध्य ३४ नेपाली १५ केन्या १२ फिलिपिन्स ९ श्रीलंका २ युगान्डा १ भेतनाम थिए । राहत हस्तान्तरण कार्यक्रमा नेपाल पत्रकार महासंघ कतार शाखा अध्यक्ष करिम बक्स मियाँ ,अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज ,संयोजक प्रो रमजान अलि मियाँ , अख्तर हुसैन ,सोहेल अख्तेर अन्सारी, अर्षद खान, हमित खान सहभागीता रहेको थियो ।
कम्पनीमा कार्यरत अन्य ६०० पुरुष कामदारहरुलाई भने आगामी आइतबार वा सोमबार सम्ममा दोस्रो चरणमा राहत वितरण गरिने छ । भने अति आवस्यक परेमा मेडिकल तथा क्याम्पेन ब्यबस्थापन गर्ने जस मध्य नेपाली पिडितहरु स्वदेश फर्कन चाहेको खण्डमा हवाई टिकटको उपलब्ध गराई घर सम्म पर्याउने बाटाखर्चको व्यवस्था गर्ने बारे अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान बताए छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend