साझा नेटवर्क
अनिल खत्री , गुलामी चैत १४ ।
यहि चैत १६ देखि २५ गते सम्म सञ्चालन हुने तेस्रो गुल्मी महोत्सवकोअबसरमा बिहिवार अर्थात चैत १५ गते तम्घास बजार सरसफाई गरिने भएको छ ।
महोत्सवमा धेरै चहलपहल हुनेसँगै सरसफाईको क्षेत्रलाई कसरी सन्दर राख्न भन्दै सरसफाई गरिन लागिएको नगर तथा मेलास्थल सरसफाई समिति संयोजक एबं बाणिज्य संघ गुल्मीका पूर्व महासचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।
तम्घास बजार सरसफाईको लागी चैत १५ गते बिहान ७ बजे तम्घासको लाकुरी मञ्च जम्मा भएर बजार सरफाइ गरिने पोखरेलले जानकारी दिए ।
महोत्सवमा आउने पाहुना तथा आगन्तुकहरुलाई बजार क्षेत्र सुन्दर राख्नको लागी बजार बासी सरसफाई अभियानमा जुटन पोखरेलले आग्रह गरे । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्न भन्दै तेस्रो गुल्मी महोत्सव हुँदैछ । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा हुने महोत्समा तम्घास बजार क्षेत्रमा पनि सरसफाईलाई बिशेष ख्याल गरिने संयोजक पोखरेलले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend