logo
  • आइतबार, असोज ११ २०८३

मेयर भन्छन् गाउँको तरकारी बजार पठाउनुस्, बजारको पैसा गाउँ पठाउँछौ


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल , गुल्मी चैत १४ ।
रेसुङ्गा नगरपालिका भित्रका अगुवा तरकारी कृषकहरुको लागि तीन दिने तालिम सदरमुकाम तम्घासमा शुरु भएको छ । रेसुंगा नगरपालिकाको आयोजनामा नगरका १४ वटै वडाका कृषकहरुले तरकारी खेती सम्बन्धि तालिम लिइरहेका छन् । तालिमको उद्घाटन आज नगरपालिका प्रमुख डिल्लीराज भुसालले गरे ।
तालिमको उद्घाटन गर्दै भुसालले यो युग काम गर्नेहरुको भएकाले घरमै रोजगारी सृजना गर्न कृषी उपयुक्त माध्यम भएको बताए । उनले आफुलाई अगुवा कृषक बताउनेहरु नै एक किलो तरकारी किन्न बजार आउने प्रवृतिले कृषी क्षेत्रको विकास नभएको बताए । ‘अब घरमा मात्रै तरकारी उत्पादन गरेर हुँदैन, बजारकालाई पनि ताजा तरकारी खुवाउनुस्,’उनले भने,‘कृषीमा सहयोग पनि हामी गर्छौ, तरकारी पनि किनेर खान्छौ ।
 उनले गाउँबाट किसानले तरकारी पठाए बजारको पैसा गाउँ पठाउने काम आफुहरुले गर्ने बताए । त्यस्तै नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत मुक्ती अर्यालले आर्थिक समृद्धीको आधार कृषी भएपनि अझै धेरै कृषी पेसा सम्मानित बन्न नकसेको बताए । उनले त्यहि कारण अहिले पनि थुप्रै उर्जावान युवाहरु पासर्पोट बोकेर एयरपोर्टमा लाइन लागि रहेको बताए । अहिले राज्यले कृषी क्षेत्रको लागि थुप्रै कार्यक्रम र बजेट बिनियोजन गरिरहेका छ । तालिममा बरिष्ट कृषी विकास अधिकृत चक्रपाणी पन्थी, सिनियर अहेव ओम बहादुर थापा क्षेत्री, प्राविधिक सहायक चेत नारायण पन्थी, हरिशरण पन्थी, दोम लाल भुसाल, सन बहादुर राना, पशु स्वास्थ्य प्राविधीक पशुपति मरासिनी, कृषी स्नातक इन्टर्न अस्मिता अर्यालले प्रशिक्षण दिनेछन् ।
उनले यसको सदुपयोगको लागि कृषी आधृनिकीकरण मार्फत उत्पादनलाई व्यावसायीक बनाउन जरुरी रहेको औल्याए । उनीहरुले तरकारी खेतीको महत्व, सम्भाव्यता र तरकारी उत्पादन गर्ने प्रविधी, पोषणयुक्त खानामा हरियो तरकारीको महत्व, तरकारी नर्सरी स्थापना र व्यावस्थापन, काउली समुह तरकारी खेतीको उत्पादन प्रविधीका बारेमा जानकारी लिनेछन् ।

 

त्यस्तै प्लाष्टिक घरमा बेमौसमी तरकारी खेती प्रविधी, टर्नेलमा गोलभेडा खेती प्रविधीका र तारकारी बालिमा लाग्ने रोगहरु र रोकथामका उपायका बारेमा जानकारी गराइने प्राविधीक सहायक चेत नारायण पन्थीले बताए । साथै कृषकहरुले भकारो सुधार प्रविधी तथा गहुँतको प्रयोगबाट हुने फाइदा, तरकारी बालीमा मल्चिङ्ग, जैविक मल तथा कम्पोष्ट मलको महत्व र प्रयोग विधीका बारेमा जानकारी पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend