साझा नेटवर्क
कमल पौडेल , बागलुङ चैत १४ ।
बडिगाड गाउँपालिकाको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङको प्राविधिक सहयोगमा ग्वालीचौर स्वास्थ्य चौकीमा २ दिने निशुल्क क्षयरोग परीक्षण शिविर सुरु भएको छ। मेडिकल अफिसर डा. रविन पौडेलको नेतृत्वको टोली तथा वरिष्ठ ल्याव टेक्नोलोजिष्ट सुरज वराल सहितको ३ जनाको विशेषज्ञ टोली तथा अन्य १० जना स्वास्थ्य कर्मिको परिचालनमा शिविर संचालन गरिएको हो।
आज पहिलो दिनमा ९० जना विरामीको छातिको उपचार गरिएको र २ सय ३८ जनाको खकार जाँच गरिएको क्षयकुष्ठ सुपरभाइजर देव प्रकाश घिमिरेले जानकारी दिनुभएको छ। कार्यक्रमको उद्घाटन समारोहमा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसाल, जिल्ला जनस्वास्थ्य प्रमुख दिपक प्रसाद तिवारी, लगाएतको सहभागिता रहेको थियो। कार्यक्रम वडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाको अध्यक्षता तथा क्षयकुष्ठ सुपरभाईजर देव प्रकाश घिमिरेको संचालनमा सम्पन्न भएको थियो।
वडिगाड गाउँपालिकामा ४४ जना क्षयरोगी भएको र ति मध्ये ३५ जना फोक्सो र ९ जना अन्य क्षयरोगी भएको स्वास्थ्य विभागले जनाएको छ। शिविरमा एम आर डि संकास्पद क्षयरोगीको जिन्स स्पोर्ट टेष्टका लागि धौलागिरि अञ्चल अस्पताल पठाउने व्यावस्था मिलाइएको वताइएको छ। गाउँपालिका भित्रका स्वास्थ्य केन्द्रहरुले अन्तराष्ट्रिय क्षय रोग दिवसको अवसरमा संकलन गरेका करिव २ सय खकार नमुनाको पनि परिक्षण गरिने वडिगाडका स्वास्थ्य विभाग प्रमुख निरन्जन यादवले जानकारी दिनुभएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend