logo
  • आइतबार, असोज ११ २०८३

गुल्मी महोत्सवको तयारी अन्तिम बन्दै, १२ सय वढिलाई निमन्त्रण पठाइयो


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री , गुल्मी चैत १२ ।
यहि चैत १६ देखि २५ गते सम्म सञ्चालन हुने तेस्रो गुल्मी महोत्सवको मिति नजिकनि थालेसँगै महोत्सव लक्षित गतिबिधी वढ्न थालेका छन् । महोत्सव नजिकिएसँगै तम्घास बजार सिगारिदै छ ।
महोत्सव सम्पन्न गर्नको लागी आगन्तुकहरुलाई स्वागत गर्न भन्दै तम्घास बजार वासीले आफनो घर अगाडी स्वागत ब्यानहरु समेत राखेका छन् । तम्घास बजारका बिभिन्न चोक चोकमा व्यानर राखेर महोत्सव सफल पारौ र अगन्तुकलाई स्वागत भन्ने देखिएका व्यानरहरु समेत राखेका छन् ।
महोत्सवलाई आर्कषक तथा प्रभावकारी बनाउनको लागी सहोत्सवसँग गठित उपसमितिहरुले बिभिन्न गतिबिधीहरुले बढाउन थालेका छन् । महोत्सवलाई उद्घाटनमा धेरैलाई सहभागिता गराउनको लागी बिभिन्न संघ संस्था समुह लगायतलाई निमन्त्राण पठाउने काम भइरहेको बाणिज्य संघ गुल्मीका पूर्व अध्यक्ष एबं अतिथी स्वागत समिति संयोजक अखिलेश्वरप्रसाख पाण्डेयले जानकारी दिए । महोत्सवको उद्घाटन हुँने दिन अर्थात यहि चैत १६ गते शुक्रवारको लागी हाल सम्म १२ सय वढि निमन्त्रणा कार्ड पठाएको पूर्व अध्यक्ष पाण्डेयले जानकारी दिए ।

धेरैलाई निमन्त्राण पठाइएको र यदि निमन्त्रण नपाए पनि गुल्मी महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न सबैले उपस्थिती जनाएर सफल बनाउन पूर्व अध्यक्ष पाण्डेयले जानकारी दिए । निमन्त्रणहरु पठाउने काम चलिरहेको पाण्डेयको भनाई छ । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्न भन्दै तेस्रो गुल्मी महोत्सव हुँदैछ । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा हुने महोत्सवको ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य,कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका तय गरिएको छ ।

महोत्सवमा धेरै चहलपहल हुनेसँगै सरसफाईको क्षेत्रलाई कसरी सन्दर राख्न सकिन्छ भन्ने सम्बन्धमा छलफल गरिएको नगर तथा मेलास्थल सरसफाई समिति संयोजक एबं बाणिज्य संघ गुल्मीका पूर्व महासचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिए । महोत्समा तम्घास बजार क्षेत्रमा पनि सरसफाईलाई बिशेष ख्याल गरिने संयोजक पोखरेलले जानकारी दिए । महोत्सवको मिति नजिक थालेसँगै महोत्सव हुने स्थल चिदिचौर खेल मैदानमा व्यापारिक स्टल निर्माणको काम अन्तीम चरणमा पुगेको छ । त्यस्तै महोत्समा राखिने रमाइलो मेला पिङ्ग लगायत बिभिन्न मनोरञ्जनात्म सामाग्रीहरु पनि महोत्सव हुने स्थल चिदिचौरमा तयार गरिदै गरेको महोत्सव मुल आयोजक संचिवालय संयोजक एबं बाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए ।

महोत्सवमा थप आकर्षक बनाउनको लागी हेलिकप्टरको व्यवस्था हुने भएको छ। हेलिकप्टर द्धारा गुल्मी जिल्लाका ऐतिहासिक, पर्यटकिय, धार्मिक स्थलहरुको दृश्याबोलकन गर्न सकिने पुर्व अध्यक्ष श्रेष्ठले बताए । महोत्सवमा लोक दोहोरी क्षेत्रलाई संरक्षण तथा उजागर गर्ने मुख्य उदेश्यले ‘गुल्मी रम्बा तारा दोहोरी गीत’ प्रतियोगिता राखिने भएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष एबं महोत्सव मुल आयोजक समितिका संयोजक दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए । महोत्सवमा २ सय स्टल रहने भएका छन् ।

महोत्सव सम्पन्न गर्न र थप प्रभावकारी बनाउनको बिभिन्न २६ वटा उपसमिति गठन भएको वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए । महोत्सवलाई तम्घास स्थित चिदीचौर खेल मैदान र महेन्द्र माबिको खेल मैदान प्रयोग हुँने भएको छ । चिदीचौर खेल मैदानमा जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु,मनोरञ्जनात्म पिङ्ग लगायत बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री बितरणको लागी राखिने भएको छ । त्यस्तै महेन्द्र माबिको खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरु राखिने भएको छ ।

जिल्लाको सदरमुकाम तम्घासमा १० दिन सम्म चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए ।

वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ। महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथामिकताका दिँने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend