logo
  • शनिबार, भाद्र २० २०८३

नेपाल पत्रकार महासंघ-भारतको अन्तरक्रिया कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

देवेन्द्र केसी, नयाँ दिल्ली ।
भारतमा कार्यरत पत्रकार हरुको छाता सड्गठन नेपाल पत्रकार महासंघ -भारत साखा केन्द्रीय समितिले “प्रवासी नेपाली हरुको समस्या समन्धमा, नेपाल सरकारको ध्यानाकर्षण” बिषयेक  अन्तक्रिया नेपाली दुतावासका कार्यबहाक राजदुत भरत रेग्मी लाई मुख्य अतिथिको रुपमा निमन्त्रण गरेपनि राजदुतले उपस्थिति जनाएनन ।
कार्यक्रम मा मुलप्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष दुर्गा बहादुर केसी, सचिव ठाकुर खनाल, नेपाली जनसम्पर्क समितिका केन्द्रीय सदस्य प्रमोद खरेल, ढुवानी सेवाका अध्यक्ष बाबुराम महत, पशुपति सम्पर्क मञ्चका सँस्थापक अध्यक्ष तुलसी राम ढकाल, समाजसेवी दिल खत्री, पिताम्वर खत्री, ऐभरेष्ट चेम्बर अफ कमर्सका कोषाध्यक्ष बिन बहादुर केसी,कान्तिपुर दैनिकका पत्रकार सुरेशराज न्यौपाने र अन्नपुर्ण पोस्टकी पत्रकार आशा थपलिया लगाएतले आफ्ना भनाई हरु राखेका थिए। कार्यक्रम मा बोल्दै मुलप्रवाहका ठाकुर खनालले प्रवासी नेपालीहरु समस्या प्रति दुतावास सकरात्मक नभएको आरोप लगाउनु भयो ।
कार्यक्रम मा बोल्दै अतिथि दुर्गा केसीले प्रवासी नेपालीहरुले देशका नेताहरु र दुतावास प्रति गर्व गर्ने दिन कहिले आउला भनि प्रश्न गर्नुभयो । कार्यक्रम मा बोल्दै पत्रकारद्वय थपलिया र न्यौपाने ले नेपाल पत्रकार महासंघ भारत साखालाई प्रवासी जनता र नेपाल सरकार बिच पुलको काम गर्न अनुरोध गर्नुभयो । नेपाल पत्रकार महासंघ को कार्यालय हलमा सम्पन्न कार्यक्रम को अध्यक्षता महासंघ का सभापति लोकेश शाह “आर्यन”ले गर्नुभएको थियो भने सञ्चालन महासचिव गोबिन्द पोख्रेल तथा स्वागत भाषण महासंघ प्रवक्ता देबेन्द्र केसी ले गर्नुभएको थियो । कार्यक्रम मा भारतमा कार्यरत करिव पचास राजनैतिक, जनवर्गिय तथा सामाजिक संस्था हरुका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो।

महासंघ को कार्यक्रम, दुतावासको बायकाट

कार्यक्रम मा सोधिएका प्रश्नहरुको जवाफदेहिता नेपाल सरकार को रहने भएको ले राजदुतावासले जवाफ दिने व्यवस्था मिलाईएपनि कार्यवाहक राजदुत भरत रेग्मी अन्तरकृया मै उपस्थित भएनन। दुतावासका डेक्स रिलेसन अफिसरलाई भेटेरै महासंघका पदाधिकारी हरुले लिखित निमन्त्रण दिएपनि राजदुत ले किन उपस्थिति जनाएनन ? यसबारै महासंघ सहसचिव अर्जुन खनालले प्रतिकृया लिन खोज्दा कार्यक्रम बारे थाहै नपाएको भनि पन्छिए ।
दुतावासकै जिम्मेदार अफिसरलाई दिईएको पत्र बारे किन राजदुतलाई जानकारी भएन? के हरी ओडारी ले पत्र बारे राजदुतलाई जानकारी नगराएकै हुन त? या कार्यक्रम मा सोधिने तिखा प्रश्नहरु फेस गर्न राजदुत तयार भएनन? “कुरो जे सुकै भएपनि पत्रकारहरुलाई नै नटेर्ने दुतावासले आमजनताका कुरा सुन्छ भनेर खै कसरी पत्याउनु “कार्यक्रम मै एक प्रतिनिधि दुखेसो पोख्दै थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend