साझा नेटवर्क
-केबी थापा ।
रातिको समय थियो चारैतिर सुनसान थियो । एउटा कोठामा चारवटा मैनबत्ती बलिरहेका थिए खाली समयमा आफ्नो मनका ब्यथा पोख्न लागेछन पहिलो-म शान्ति हु अब मलाई लाग्न थाल्यो यो दुनियालाई मेरो आबस्यकता नै छैन जताततै हत्या काटमार भैरहेको हुन्छ म अब अरु धेरै यहाँ बस्न सक्दिन भन्दै आँसु खसाउदै मैन बत्ती निभ्न पुगेछ ।
दोश्रो मैनबत्तिको पनि उस्तै पीडा – म बिश्वास हु अब यो झुटो र स्वार्थि दुनियामा मेरो कुनै काम भएजस्तो लाग्दैन म जहा जान्छु त्यही चोट र पिडा बाहेक केहि पाउदैन , म जान्छु भन्दै आफ्नो प्रकाश प्रवाह रोकि निभ्यो । तेस्रो मैनबत्तिको नि उस्तै पीडा- म प्रेम हु मसङ जलिरहने/बलिरहनेे शक्ति छ तर आज सबै यति ब्यस्त छन कि मेरोलागी कसैसंग समय नै छैन पराइको त के कुरा आफ्नैको पनि प्रेम नपाउने भए म कसरी रहु जान्छु म पनि भन्दै निभ्न पुग्यो ।
अब यो निभ्ने बितिकै एउटा अबोध बालक त्यहा पुग्यो र आत्तिन लाग्यो उसले आखामा आँसु झर्दै भन्यो – अरे मैनबत्ती हो तिमिहरु किन निभेको तिमिलाई त अन्त्य सम्म जलिरहनु छ तिमी बिचमा यसरी मलाई अध्यारोमा छाडेर कसरी जान सक्छौ ? त्यसपछि चौथो मैनबत्ती बोल्न लाग्यो – बाबु नडराउ न आत्तेउ म आस्था हुं तबसम्म जलिरहने छु जबसम्म तिमी अरु बाकी सबै मैनबत्ती जलाउन सक्दैनौं यो सुनी बालक खुसी हुँदै आस्था कै बलमा उसले शान्ती ,बिश्वास र प्रेमलाइ फेरि जगायो ।
जब सबै चिज आफ्नो बिपरित हुन्छ चारैतर्फ अध्यारो मात्रै देखिन्छ ,आफन्त नै पराई हुँदै हुँदै जान्छन तबपनी आस्था लाइ डगमगाउन दिनु हुदैंन आस्था मा यति धेरै शक्ति हुन्छ कि यस्ले प्रत्यक गुमाएका चिज पुनः फिर्ता गराउन सक्छ तसर्थ आफ्नो मनमा आस्था को दियो कदापी निभ्न दिनु हुन्न । सरसरी पढ्दा कथा मात्र जस्तै लागे पनि कुनै कुनै ब्याक्ती साच्चिकै यस्का ज्वलन्त उदाहरण हुन्छन जस्ले जस्तो सुकै बिसम र बिपरित परिस्थितिमा पनि आफ्नो आस्था डगमगाउन दिंदैनन ।
हो म कुरा गर्दैछु तिनै “आस्था” अर्थात माओबादी नेत्री सुस्पा भुजेल “आस्था ” को ! नाउ जस्तै उन्को स्वभाव,ब्यक्तित्व एवं गुण पनि रहेको छ उनमा !! एकपटक कुरा कानी कै क्रम मा मैले उन्लाइ सोधेँ ” आस्था जि तपाइँको नजर मा जिवन कांडा कि फुल ?” उन्को सहज जवाब थियो – ” जिउने कला जान्ने लाइ फुल त नजान्ने लाइ काडां !” हुन पनि हो उन्को उत्तर अत्यन्त सरल सब्द मा निकै गहिरो अर्थ बोकेको थियो उनि आफै यस्को एक ज्वलन्त उदाहरण थिइन ! जव जव जिवन काडैं कांडा बिचमा अल्झिन लाग्यो उनि त्यही काडा बिचको गुलाब बनेर आफैलाइ स्थापित गर्न लागिरहिन र केहि हद सम्म सफल पनि भइन ।
अत्यन्तै कम समयमा न्युन अवसर र अत्याधिक चुनौतीको सामना गरि रहेकी शुस्पा भुजेल ” आस्था ” को जन्म आमा सिता देबि भुजेल र बुबा चन्द्र बहादुर भुजेल को कोख मा पाँच सन्तानमा सबैभन्दा कान्छी सन्तानको रुपमा बिक्रम सम्बत २०४१ मंसिर १५ गते रतन्जुरा – ५ सिन्धुली ( अहिले को गोलन्जोर गा.पा.६ मा जन्मिएकी आस्था सानै उमेर देखी नै निडर, स्वाभिमानी , लगनशील , मेधाबी त छदैं थिइन उनि पढाइ का अतिरिक्त बिभिन्न अन्य क्रियाकलाप मा पनि निकै सकृय रहन्थिन ! उच्च सिक्षा हासिल गरेर रास्ट्र र रास्ट्रीयता को जगेर्ना गर्ने महान उदेश्य बोकेकि उन्को समाजमा ब्याप्त रहेको कुरिती , भेदभाव , अशिक्षा ,असमानता एवं सोसण लाइ निर्मुल पार्ने सपना ति बाल्यकाल मै देखेका थिए आस्थाका आखाले ।
शायद आफ्ना तिनै सपना र लक्ष्य प्राप्ति को तिब्र चाह ले संगै पढ्दै गरेका सहपाठी हरुले पढाइ र खेलकुद बाहेक अन्यत्र ध्यान दिन नभ्याउदैं कलम समाउदैं गरेका ति हातमा कक्षा नौ मा पढ्दै गर्दाको अबोध बचपना मा नै उन्ले कलम को साटो बन्दुक उठाउने निश्चय गर्न पुगिन बि.स. २०५७ मा नै ! बस त्यसपछी के थियो उन्को जिन्दगीमा पछि फर्केर हेर्ने आवश्यक नै भएन या भनौ समय नै मिलेन । तत्कालिन जनयुद्ध को नाउ दिइएको तर अहिले धनयुद्द को रुपमा प्रमाणित भैसकेको तत्कालिन माओबादिको गृहयुद्धमा मकवानपुरको झुरझुरे, सिन्धुपाल्चोक को मा भएको हवाइ आक्रमण ,काभ्रेको नाला पानी चौकी आक्रमण लगाएत करिब एक दर्जन भन्दा बढी युद्धमा प्रत्येक्ष कमान्ड गरेकी सुश्पा को काम प्रती को लगन,इमान्दारिता एवं कर्तब्य निस्ठा एवं कुशल नेतृत्व क्षमताको कारण नै बेथान स्मृति ब्रीगेड अन्तर्गत कम्पनी कमान्डर को दायित्व पाएकि थिइन ।
राजनिती भनेको अत्यन्तै फोहोरि खेल हो जस्मा निस्वार्थ भाव र निश्कलंक छबी भएका ब्यक्ती हुदैनन या भनौं प्रायः आफ्नो परिवार र आफन्त को लागी राजनिती गर्ने या राजनिती गरेर आफ्नो स्वार्थ सिद्दी गर्दै राजनिती लाइ नै अराजनिती बनाउने परिपाटी हावी रहेको हाम्रो देशमा अधिकांशले राजनिती लाइ हेर्ने दृस्ठिकोण नै घृणित रहेको भए पनि सुस्पा जस्ता केहि केहि अनुकरणीय राजनितीज्ञ लाइ देख्दा केहि त इमानदार र समर्पित राजनितिज्ञ रहेछन भन्ने आभास दिलाउदैं राजनितीज्ञ प्रतिको घृणा लाइ केहि बेरको लागी परिवर्तित गरिदिन्छ ।
आफ्नो निरन्तर यात्रा संग संगै अघि बढ्दै गर्दा उनि बि.स. २०६१ बैसाख १ गते क. बिजय संग बैबाहिक सम्बन्धमा बांधिन पुगिन जिन्दगि को अनबरत चलिरहेको उन्को यात्रा केहि रमणिय बन्दै थियो तर दैब लाइ अरु नै केहि मन्जुर थियो या भनौं सुस्पा को खुसी मा ईष्र्या लाग्यो ! उन्को खुसी हेर्न नसकेर दैबले करिब दुइ बसन्तको सहयात्रा मै आस्था को आस्था को परिक्षा लिन सुरु गर्यो बि.स.२०६३ बैसाख १० गतेका दिन सिन्धुपाल्चोक चौतारा मा भएको दोहोरो भिडन्तमा सुस्पा का श्रीमान क.बिजय ले सहादत प्राप्त गर्दै आस्था लाइ पुन: जिन्दगिको कहाली लाग्दो यात्रामा ठुलो जिम्मेवारी एवं दायित्व उन्को कांधमा थप्दै यात्रामा उन्लाइ एक्लै पारेर गए ! उनिमाथि ठुलै बज्रपात भयो ।
मान्छे को क्षमता एवं शक्ती को परिक्षा बिपरित परिस्थिती मा नै हुन्छ उनि आफु टुटिन,फुटिन, टुक्रीइन तर आफुले देखेको महान सपना एवं लिएको लक्ष र बिजय ले थपिदिएको जिम्मेवारी ले गर्दा समय मै आफैलाइ सम्हाल्न पुगिन या भनौं आफ्नो आस्था लाई डगमगाउन नदिदैं निरन्तर अघि बढी रहिन । बिस बर्ष को कलिलो जवानी मा पति बियोगको पिडा खप्दै अत्यन्त कठोर,चुनौतीपूर्ण एवं बिसम परिस्थिती मा पनि आफैलाइ अडिग, अटल राख्दै बिसम परिस्थिति स,ग पौठेजोरी खेल्दै परिस्थिति लाइ आफ्नो दास बनाउदैं आफ्नो पतिको बलिदानी एवं इतिहास रक्षा को लागी खुट्टा नकमाइ निरन्तर अघि बढिरहने उनिमा सांच्चिकै त्यो आस्था एवं कर्तब्य प्रतिको लगाव र लक्ष्य प्रतिको दृढता नै थियो जुन औंला मा गन्न सकिने ब्यक्ती मा मात्र हुने गर्दछ जद्ले गर्दा उन्को जिवन कांडै काडां ले घेरिदां पनि त्यही कांडा बिचको गुलाब बन्न सदैब प्रेरित गरिरह्यो ।
यदि माओबादी को बर्तमान सफलताको कारक तत्व कै निस्पक्ष खोजी गर्ने हो भने त्यसमा अग्रपंक्तिमा नाम आउनुपर्छ सुस्पा भुजेल “आस्था”को ! युद्द बिसर्जन पस्चात आफ्नो औपचारिक अध्ययन लाइ पनि निरन्तरता दिदैं उन्ले सिबिल सब ओबरसिएर सम्म पुरा गरिन त अहिले पनि नेपाली बिसयमा मास्टर (डिग्री) अध्ययनरत छिन उनि । बर्तमान मा ए माओबादी राज्य कमेटी सदस्य एवं सिन्धुली जिल्ला कमिटी सदस्य एवं गोलन्जोर गाउँ पालिका सह-इन्चार्ज समेत रहेकी आस्था लाइ भर्खरै सम्पन्न निर्वाचन मा तिन नम्बर प्रदेश बाट प्रदेश शभाको निर्वाचनमा समानुपातिक उम्मेदवार घोसणा गरेको खबर ले उन्को र उन्का पतिको त्यागलाइ बुझेका पार्टी भित्र र बाहिर का नेता कार्यकर्ता ले स्वागत गरे उन्को पार्टी प्रतिको इमान्दारिता एवं त्यागको उचित मुल्यांकन भएको भन्दै केहि हर्सित तुल्यायो त आस्था लाइ पनि आफ्ना स्वर्गीय श्रीमान प्रति न्याय भयो भन्ने आभास दिलायो ।
अनि के थियो उनि आफुलाइ रात -दिन, जाडो-घाम, पानी नभनेर निरन्तर पार्टीले तोकेको क्षेत्रमा चुनाव प्रचारमा होमिइन शायद त्यसैको नतिजा थियो सिन्धुलिमा मात्रै समानुपातिक तर्फबाट करिव २८००० मत माओबादी को खाता मा पर्न गयो । जवकी सिन्धुलि को छिमेकी जिल्लामा पार्टीको अवस्था मरणासन्न अवस्था मा पुग्यो । तैपनि बिडम्बना भनौं या आस्था को दुर्भाग्य अथवा भनौं नातावाद,कृपाबाद या भनौं सर्वहारा बर्गको पार्टी भनिने ए.माओबादी पनि बिस्तारै पुजीवादी पार्टी बन्ने बाटोमै भएको कारण हो या अरु नै कुनै आन्तरिक कारण २८००० समानुपातिक मत पार्टीको खातामा ल्याउदा ल्याउदै पनि सिन्धुली को पोल्टा मा एक पनि समानुपातिक सांसद परेन ।
यति मत ल्याउदां ल्याउदै पनि र आस्था जस्ता समर्पित नेता कार्यकर्ता एवं योग्य उम्मेदवार हुँदा हुँदै पनि किन सिन्धुलीको वासिको भागमा समानुपातिक कोटामा सांसद परेनन भनेर पार्टी भित्र र बाहिर चौतर्फी बिरोध एवं जिज्ञासा हुँदाहुंदै पनि शायद परिवार बाद र पुजिंबाद हावी हुँदै गैरहेको बर्तमान परिस्थिति मा आस्था को आस्था पुन: एकपटक परिक्षा मा परेको छ ।
साथिहरु संग खेलेर बिताउने उमेर मै आफैलाइ युद्धमा होम्दै बाल्यकाल देखि नै आफ्नो सम्पुर्ण जिवन मात्र सुम्पेकी छैनन सुस्पा ले उन्ले आफ्नो सहयात्री जिवनसाथि बिजयलाइ समेत गुमाएकी छिन उन्ले । सुस्पा जस्ता कैयौं ज्ञात, अज्ञात पार्टी प्रती समर्पित नेता कार्यकर्ताहरुलाइ बेवास्ता गर्दै पैसा र पहुँच को आधारमा सत्ताको भत्तामा मैमत्ता हुँदै चल्दा बल्दा नेताका आसे-पासेलाइ मात्र उच्च स्थान दिने हो भने आस्था जस्ता कैयौं निस्वार्थ भावले पार्टीको हित नै सर्वोपरि ठान्दै युद्धमा आफ्नो ज्यानको जोखिमसम्म मोलेका र आफ्नै परिवारका सदस्य गुमाउन पुगेका सम्पुर्ण नेता कार्यकर्ता माथी अन्याय त हुन्छ नै जनयुद्धको नाम दिइएको तत्कालिन द्वन्द्व मा आफ्नो प्राण गुमाउने ति योद्धा हरुको आत्मा ले पनि धिक्कार्ने छ नेतृत्व पंक्ति लाइ ।
सुस्पा जस्ता आजिवन परिवार सहित पार्टी प्रतीको आफ्नो दायित्व र जिम्मेवारी इमान्दारी एवं पुर्ण निष्ठा संग जस्तो सुकै बिसम परिस्थितिमा पनि अविचलित हुँदै समर्पित भावले पार्टीको लागी खटिने नेत्रीले स्थान नपाउनु अत्यन्तै दुखद एवं अन्यायपूर्ण कुरा हो । नेतृत्व पंक्तिमा रहने जिम्मेवार नेताहरुले एकपटक ति युद्धका दिनहरु स्मरण गर्दै आफ्नो छातीमा हात राखेर के हामिले शहिद र शहिदको परिवार प्रती न्याय गरेका छौं त ? गम्भिर हुँदै बेलैमा सोच्नु पर्दछ यदि त्यसो नगर्ने हो भने निकट भबिस्यमा माओबादिलाइ ति शहिदहरुको आत्माले धिक्कार्ने छ वा सराप्ने निश्चित छ ! हो हिजो युद्ध लढ्दा र आजको बर्तमान धेरै फरक हुन सक्छ तरपनी आफ्ना योग्य र समर्पित कैयौं नेता कार्यकर्तालाइ किनारा लगाउदै आफ्नो मनमानी चलाउनु कतै पनि पार्टिको हितमा हुन सक्दैन यदि यि कुरा समयमै समिक्षा गर्दै अघि नबढ्ने हो भने आगामी दिनमा पार्टी प्रतिको इमान्दार कार्यकर्ता एवं नेताको बिश्वास उठ्ने छ जस्ले गर्दा पार्टीलाइ ठुलो नोक्सानी ब्योहोर्नु पर्न सक्दछ ।
अत्यन्तै कम उमेरमै निकै कठिन, कठोर र कहालि लाग्दो एवं चुनौतीपूर्ण यात्रा तय गर्दै अघि बढिरहेकी सुस्पा भुजेल”आस्था” लाइ सरसर्ती हेर्दा चुनौती अत्याधिक धेरै तर अवसर अत्यन्तै कम प्राप्त भैरहेको देखिन्छ, युद्धमा आफै श्रीमान समेत गुमाउदां पनि आफ्नो पार्टी प्रतिको आस्था लाइ अबिचलित बनाउदैं निरन्तर पार्टीको हित सोचिरहने सुस्पा भुजेल जस्ता इमान्दार , जुझारु एवं कर्तव्य निस्ठ र समर्पित ब्यक्तिलाइ पार्टी ले अवसर दिनु पर्ने हो दिएन तैपनि उनि पार्टी प्रती कुनै पुर्वाग्रह बिना निस्वार्थ भाव र निस्कलंक छबी लिएर पुन: एकपटक तिनै कांडै काडां बिचको गुलाब बन्ने आफ्नो यात्रा प्रती को आफ्नो आस्था अटल र अडिग बनाउदैं अघि बढिरहेकि छन यसपटकको यात्रामा उन्को योगदानको उचित मुल्यांकन होस उन्को त्याग एवं समर्पण र पार्टी प्रतिको योगदान को कदर गर्दै उन्लाइ उचित मुल्यांकन पार्टी नेतृत्वले गरोस ताकी पार्टी प्रती पुर्ण निस्ठा एवं समर्पण भावले लागेका नेता कार्यकर्ता को मनोबल नगिरोस !
बिपरित परिस्थितीमा पनि आफुलाइ सम्हाल्दै अनवरत रुपमा बिजयी यात्रामा जन्म-जन्मान्तरको साथ निभाउने लाखौं सपना सजाएका बिजय र आस्थाको खुसिमा ग्रहण लागेको या भनौं भर्खर यौवनतामा कदम राखेकी आस्थाले दुइ बसन्तको सहयात्रा मै अपुरा र अधुरा रहरहरुकै बिच आफ्नै आखां अघि आफ्ना श्रीमान स्वर्गीय बिजय कुमार न्यौपानेलाइ गुमाएको पनि आज बार्ह बर्ष पुरा भइ तेर्हौं बर्षमा लाग्यो ।
मनका अभिलाषा, रहर र इच्क्षालाइ अधुरै अपुरै छाड्दै हृदय भरी पति बियोगको पिडा बोक्दै आफ्नो स्वर्गिय पतिको कमि लाइ महसुस गरे पनि आफ्नो यात्रामा कहिल्यै अल्पबिराम या पुर्णबिराम नलगाइ आफ्नो स्वाभिमान र पार्टी प्रतिको निस्ठा लाइ अटल,अडिग एवं अबिचलित राख्दै अघि बढिरहेकी सुस्पा भुजेल”आस्था” जस्तो सुकै बिसम परिस्थितिमा पनि आफुलाइ सहज बनाउदैं कांडै कांडा बिचमा गुलाब को रुपमा आफैलाइ स्थापित गर्ने अनवरत यात्रामा हिडिरहेकी नेत्री सुस्पा भुजेल “आस्था” को आस्था कदापी नडग्मगाओस ।
आज बैसाख १० गते तेर्हौं पुण्यतिथीको अवसरमा स्वर्गीय क.बिजय प्रती हार्दिक श्रदान्जली अर्पण गर्दै उन्को बिजय पथलाइ निरन्तर अघि बढाउदै काडैं काडां बिचको गुलाब बन्ने यात्रा मा हिडिरहेकी नेपाली राजनिति कै अनुकरणीय एवं उदाहरणिय पात्र सुस्पा भुजेल आस्थाको यसपटकको यात्रामा उन्लाइ सधैं जसरी भाग्यले नछलोस उन्को यसपटकको यात्रामा सहजै बिजयी बनुन यहि सुभेच्क्षा एवं शुभकामना ।।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend