logo
  • शनिबार, भाद्र २० २०८३

दुर्गेश थापा गल्कोट समाज जापान क्षेत्रीय समिती ओशाका कान्साईद्वारा सम्मानित


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

मेघराज रिष्मेली, जापान ।
नेपालीहरुको मनमुटुमा बस्न सफल बहुचर्चित गायक, मोडल तथा सांगीतिक क्षेत्रमा उदाएका एक उज्बल तारा दुर्गेश थापा आफ्नो सांगितीक यात्राको क्रममा जापानको ओशाका आइपुगेको अबशरमा गल्कोट समाज जापान क्षेत्रीय समिती कान्साईको आयोजनामा २३ मार्च २०१८ का दिन भब्य स्वागत तथा सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा ओशाका स्थित इण्डियन नेपाली रेष्टुरेण्ट मनकामनामा,गल्कोट समाज जापानका केन्द्रिय संरक्षक आत्माराम गैरेको प्रमुख अतिथित्वमा,संस्थाका संयोजक सुमित खत्रीको सभापतित्व, संस्थाका सल्लाहकार तथा कार्यक्रम ब्यबस्थापक जगत थापाको स्वागत मन्तब्य र एनआरएन कान्साईका भुतपूर्ब संयोजक टिकाराम कंडेलको बिशेष संस्थाका सचिब नरबहादुर थापाको सञ्चालनमा कान्साईबासी नेपालीहरुको उलखिनिय उपस्थिती रहेको थियो भने दर्शकहरुले भोरिपूर्ण सांगीतिक मनोरञ्जन लिएका थिए ।

स्थानीय चर्चित कलाकार कुल्बीर थापाको पञ्चे बाजाको तालमा छमछम र दुर्गेश थापाको भब्य सांगितीक प्रस्तुतिले  हल  रोचकता  बनाएको  थियो भने कार्यक्रम भब्यरुपमा सम्पन्न भएको संस्था उपाध्यक्ष देबेन्द्र थापाले जानकारी दिनुभयो  ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend