logo
  • शनिबार, भाद्र २० २०८३

धुर्कोट ३ हाडहाडेमा स्वास्थ्य सेवाको अभाव


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

हुमाकान्त पोखरेल , गुल्मी चैत १०।
धुर्कोट गाउँपालिका वार्ड नम्बर ३ हाडहाडेका नागरिकले स्वास्थ्य सेवा पाउन कठिन भएको बताएका छन् । ग्रामिण साझेदारी विकास केन्द्र गुल्मीद्वारा आयोजित हाडहाडे स्वास्थ्य चौकिको सामाजिक परिक्षण कार्यक्रममा उपस्थित सहभागिहरुले यस्तो बताएका हुन् ।
निशुल्क औषधी पाउन कठिन रहेको, समयमा औषधी नपाएको, स्वास्थ्य चौकि ब्यवस्थापन समिति समावेशी नभएको जस्ता गुनासा स्थानियले राखेका हुन् । त्यस्तै आवश्यक औषधी समेत स्वास्थ्य चैकिमा नपाइएको, गुनासाहरुको सुनुवाई नभएको,प्रसुती सामाग्रीहरुको अभाव रहेको जस्ता गुनासाहरु स्थानियबाट आएको केन्द्रका सामाजिक परिक्षक रामप्रसाद खनालले बताए ।

सामाजिक परिक्षण कार्यक्रममा जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, बुद्धिजिवी, समाजसेवी र स्थानियको बिचमा दोहोरो अन्तरक्रियामार्फत छलफल भएको थियो । वडासचिव गिरीप्रसाद श्रीस र स्वास्थ्य चौकिका इन्चार्ज बाबुराम पोखरेलले उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।

स्वास्थ्य चौकिमा भएका कमि–कमजोरीहरुको सुधार गर्दै स्वास्थ्य सेवालाई थप सुरक्षित र भरपर्दो बनाउने प्रतिबद्धता उनीहरुले गरेका थिए । कार्यक्रम ग्रामिण साझेदारी विकास केन्द्रका सामाजिक परिक्षक खनालको सहजिकरणमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend