साझा नेटवर्क
हुमाकान्त पोखरेल , गुल्मी चैत ८ ।
५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले गुल्मीको विकास कृषि र पर्यटनमा नै सम्भव रहेकोले यस्ता क्षेत्रहरुको विकास गर्ने बताए ।

धुर्कोट गाउँपालिका वार्ड नम्बर ६ रजस्थलमा रहेको खड्गछत्र मन्दिरमा चलेको धार्मिक महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । त्यसका साथै उनले जिल्लाका ऐतिहाँसिक दरबारहरुलाई मर्मत–संहार गरी पर्यटक पर्वधन गर्ने कार्यमा अफू सधै लागिरहने प्रतिबद्धता समेत ब्यक्त गरे ।
धुर्कोट धार्मिक महोत्सवको बिहिबार पाचौ दिन रेसुङ्गा नगरपालिका, मािलका, छत्रकोट र इश्मा गाउँपालिकाका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । त्यस्तै महोत्सवमा हालसम्म ४२ लाखभन्दा बढी संकलन भएको छ । मेघराज अर्यालबाट एक लाख १५ हजार पाँच सय पाच, धुर्कोट ६ निवासी लोक बहादुर केसीबाट ६५ हजार तिन सय १५, डेल बहादुर पाण्डेबाट ६१ हजार ६ सय ६१, निम बहादुर पाण्डे, यम बहादुर पाण्डे र बेल बहादुर पाण्डेबाट आफ्नो बाबुको सम्झनामा ६१ हजार एक सय पाचँ प्राप्त भएको छ ।
त्यस्तै वार्ड नम्बर ५ वस्तुका अध्यक्ष ढुन्डिराज भण्डारीबाट ६१ हजार पाचँ सय ५, भेष बहादुर खत्रीबाट ५० हजार पाचँ सय ५५, धुर्कोट परमानन्द भण्डारी बहुमुखि क्याम्पसबाट ५१ हजार एक सय ५१, हिमालय माविबाट ५१ हजार एक सय २५, धुर्कोट ६ निवासी चक्रमपाणी घिमिरेबाट २१ हजार एक सय २१, ऋषिराम पन्थीबाट २२ हजार १८ प्राप्त भएको सहकर्मी दधिराम खनालले जानकारी दिए । त्यस्तै छत्रकोट गाउँपालिकाले २० हजार दुई सय २०, इश्मा गाउँपालिकाले २० हजार एक सय ५०, मालिका गाउँपालिकाले २० हजार एक सय ५० र मदाने गाउँपालिकाले ३१ हजार एक सय ५ रुपैँया महोत्सवलाई प्रदान गरेका छन् ।
‘धुर्कोटको विकास हाम्रो शन, धुर्कोटको कोट हाम्रो पहिचान’ भन्ने नाराका साथ धार्मिक महोत्वस संचालन गरिएको छ । धुर्कोट गाउँपालिका वार्ड नम्बर ६ धुर्कोट रजस्थलमा रहेको खड्गछत्र मन्दिरमा मन्दिर ब्यवस्थापन समिति र धुर्कोट गाउँपालिकाको प्रवर्धनमा धार्मिक महोत्वस सुरु भएको हो । धार्मिक महोत्वस चैत १० गतेसम्म एक हप्ता संचालन हुने आयोजकले बताएको छ । ऐतिहाँसिक धुर्कोट कोटको संरक्षण तथा मन्दिर निर्माण सहयोगार्थ श्रीमत भागवत् सप्ताह धुर्कोट धार्मिक महोत्वस २०७४ संचालन गरिएको गाउँपालिकाका उपप्रमुख शिव खत्रीले बताए ।
धुर्कोट गाउँपालिका वार्ड नम्बर ६ धुर्कोट रजस्थलमा रहेको खड्गछत्र मन्दिर ब्यवस्थापन समितिको आयोजना तथा धुर्कोट गाउँपालिकाको प्रवर्धनमा धुर्कोट धार्मिक मेला हुन लागेको हो । धार्मिक महोत्सवमा युवा तथा वाचन सम्राट भिमकान्त पन्थीको मुखारबिन्दबाट प्रवचन भैरहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend