logo
  • आइतबार, असोज ११ २०८३

न्यायपालिकाकाे कानुनि जाेगाउन बागलुङका अधिकारकर्मीकाे ध्यानकर्षण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

बिमल खड्का , बागलुङ चैत ८ ।
संघिय प्रतिनिधि सभामा राष्ट्रिय जनता दलबाट हिराशतमा अाराेपित संसद रेशम चाैधरीलाई नछाड्न र हिरासतमा सपथ ग्रहण गराउने तयारी नेपाल सरकारकाे रहेकाे समाचार सम्प्रेषण भयकाेमा अधिकारबादी संस्था,नागरीक संजाल, र द्दन्दपिडितहरुले बाग्लुङमा ध्यानकर्षण भएकाे छ।
हिंसा भड्किए पछि रेशम चाैधरीकाे कैलालीकाे टिकापुरमा एक नाबालक सहीत ७ जना निर्मममतापुर्वक हत्या भएकाे दाेषी ठहरीयकाे मुख्य अाराेपित रेशम चाैधरी भने फरार भए तर १४ जना लाई कैलाली जिल्ला अदालतकाे अादेश अनुसार थुनामा रहेका र भुमिगत अवस्थामै चुमिगत रहेर प्रतिनिधि सभाकाे सांसदमा चुनाब लडेर निर्वाचित भएकाे थिए ।

यहि फाल्गुन १४ गते कैलाली जिल्ला अदालतमा अात्मसमर्पण गरि न्यायिक हिराशतमा राख्ने अादेस अदालतले नेपाल सरकारलाई दिएकाले अादेशकाे प्रतिकुल हुने गरि र न्यायिक मर्यादा बिपरीत कुनै पनि कदम नचाल्न नेपाल सरकार लगायत सबै सजग रहन ध्यानकर्षण गरिएकाे छ। सत्कर्म नेपाल, साझेदारी नागरीक संजाल र द्दन्दपिड समाज बाग्लुङले एक बिज्ञप्ति प्रकाशित गरि सम्मानित अदालतकाे अादेश पालना गराउन कानुनि शासनकाे सर्बाेच्चताकाे अात्मसाथ गर्न सरकारकाे दायित्व भएकाले संचार माध्याममा देखिएकाे अासयले कानुनी शासनकाे अाधारभुत मान्यता स्थापित गर्न सरकार र संसाद दुबै चुक्न नहुने उल्लेख गरिएकाे छ ।

कुनै पनि अपराधिक कार्यलाई राजनितिक साैदाबाजिकाे रुपमा नलिन र न्याय प्रकिया अहरणिय नैसर्घिक अधिकार भएकाे र संबिधानमा समेत पिडितकाे अधिकार माैलिक हकमै समाबेश गरियकाेले यसकाे संरक्षण र पालना गर्ने दायित्व सरकार र सम्बन्धित सराेकारवाला निकाय लाई सचेत हुन ध्यानअाकृष्ट गरिएकाे जनाएकाे छ।

साथै राज्यले न्यायपालिकाकाे सर्बाेच्चता र संसदकाे गरिमामा अाच अाउने कदम नचाली हिरासतमा रहेकाे निज चाैधरीलाई नछाड्न तथा सांसद जस्ताे गरिमामय पदासिन नगर्न हार्दिक अाब्हान समेत गरेकाे छ । ध्यानकर्षण पत्रमा धाैलागिरीकाे बाग्लुङमा रहेकाे अधिकारकर्मी एव नागरिक संस्थाकाे अभियन्ता सिताराम थापा, द्दन्दपिडित अगुवा हरी सुवेदी, महिला मनब अधिकार रक्षक ज्ञानिदेबि थापा मगर द्वारा  बिज्ञप्तीमा हस्ताक्षर गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend