logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा ४४ थान सालको काठ बेवारिसे अवस्था फेला


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

टोपलाल अर्याल , गुल्मी चैत ७ ।
जिल्ला बन कार्यालय गुल्मीले बेवारिसे अबस्थामा रहेको सालको काठ बरामत गरेको छ । सुराकीको आधारमा मंगलवार साँझ रेसुङ्गा नगरपालिका वडा नम्बर २ स्थित छापटोला बेवारिसे अबस्थामा रहेको ४४ गोलीया सालको काठ बरामत गरेको जिल्ला बन कार्यालय गुल्मी प्रमुख कृष्ण न्यौपाने जानकारी दिए । स्थानीय शशिधर कुवँरको बारीमा परालले छोपेर राखेको ९४ दशमलव ६३ क्यूफिट सालको काठ बरामत भएको न्यौपानेले बताए । मरामद गरिएका काठ अहिले जिल्ला वन कार्यालयमा राखिएको छ । काठ कहाँबाट कसले लिएर आएको भन्ने बिषयमा थप अनुसन्धान प्रमुख न्यौपानेले बताए । व्यक्ति भेटिएमा बन ऐन अनुसार कारवाही गर्ने  बताए  ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend