साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं चैत ७ ।
मंगलबार बिहान ढाेरपाटन नगरपालिका वडा -१ गरगरेमा बस दुर्घटना भएकाे छ। बुटवलबाट बागलुङकाे बुर्तिबाङका अाउदै गरेकाे लु १ ख ७४३९ नम्बर को रात्री बस दुर्घटना मा १० जना घाईते भएका थिए ।
भने एक बृद्धाकाे बेपत्ता भईकी थिइन् प्रहरीकाे खाेजी पछि बेपत्ता महिलाको शव दुर्घटनास्थल देखी करीब २ सय मिटर तल बडीगाड खोेलामा भेटिएको प्रहरीले जानकारी दिएकोछ । मृतक बृद्धा महिला तमानखोला गाउँपालिका ३ की वर्ष ८४ की कुमारी बुढा भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा चालक सहित १० जना घाइते भएका छन् । घाइते मध्य भारत रामपुर रतनपुरा बस्ने बर्ष ३३ को मुस्तेतार अलि र ढोरपाटन ८ का बर्ष १५ कि चन्द्रमला विकको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि पाल्पा रिफर गरिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । बसमा सवार ७ जना भने सकुशल रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरिक्षक कृष्ण रानाले बताउनुभयाे ।
दुर्घटनामा घाइते भएका चालक पाल्पा जिल्ला रिप्तीकोट– ५ का ४७ वर्षीय कलबहादुर थापा, उनका २१ वर्षीय छोरा बिमल थापा, बागलुङ तमानखोला २ का १९ वर्षीय केसु घर्ती ढोरपाटन नगरपालिका ८ का ५० वर्षीय नरबहादुर बिक, सोही स्थानका ४५ वर्षीय दुर्गा बहादुर विक, १८ वर्षीय झकास विक, भारत रामपुर रतनपुरा बस्ने ३३ वर्षीय मुस्तेतार अलि, भारत रतनपुरका २२ वर्षीय युवराज खान, ढोरपाटन ८ २२ वर्षीय सुभाष विक र ९ वर्षकी आशिका विकको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटना के कारणले भयाे भन्ने प्रहरी अनुसन्धानबाट खुल्ने बताएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend