साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं चैत ५ ।
नेपाली क्रिकेटले सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको बताउँदै टिमका कप्तान पारस खड्काले सबैभन्दा खुसीको क्षण भएको प्रतिक्रिया दिएका छन्। जिम्बाबेमा विश्वकप छनोट खेल खेलेर नेपाल फर्किएको टिमलाई स्वागत गर्न पुगेका समर्थकहरूलाई खड्काले योभन्दा खुसीको क्षण कहिल्यै हुन नसक्ने बताए ।
हामी क्रिकेट खेल्छौँ, सबै जनाले यति धेरै माया गर्नुहुन्छ, योभन्दा खुसीको क्षण कहिल्यै पनि हुनेछैन, खड्काले भने। उनले नेपाली क्रिकेट टिमले धेरै वर्षदेखिको सपना पूरा गरेको भन्दै अब जग थप बलियो बनाएर अघि बढ्ने बताए। विमानस्थलमा खड्का क्रिकेट इतिहासको सबैभन्दा ठूलो उपलब्धि हो।
ओडिआई स्ट्याटस भनेको एउटा फन्डिङदेखि, जीविकोपार्जनदेखि लिएर खेलाडीहरूको भविष्य सुनिश्चित गर्ने अाधार पाएका छौँ। यो धेरै वर्षदेखिको हाम्रो सपना थियो। त्यो पूरा भएको छ। आशा गरौँ, अब आउने चार वर्षमा हामीले राम्रो जग खडा गरेर नेपाली क्रिकेटलाई अझ माथि लैजान सक्नेछौँ।
हामी क्रिकेट खेल्छौँ, हामीलाई यति धेरै माया गरिदिनुभएको छ सबै जनाले, सबैभन्दा ठूलो खुसी हाम्रा शुभचिन्तक हुनुहुन्छ भने त्योभन्दा खुसीको क्षण हामीलाई केही पनि छैन । रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend