logo
  • आइतबार, असोज ११ २०८३

रेडक्रस गुल्मीको ३५ औं जिल्ला सभा सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी चैत ४ ।
नेपाल रेडक्रस जिल्ला शाखा गुल्मीको ३५ औं जिल्ला सभा एबं अधिवेशन सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न सभाले ०७३/०७४ को आर्थिक प्रतिबेदन पारित गरेको छ ।त्यस्तै ०७५/०७६ को लागी नयाँ कार्यक्रमहरु समेत पारित गरेको छ । सभाले आर्थिक वर्ष०७३/०७४ को आर्थिक प्रतिबेदन कोषाध्यक्ष तुल्सीराम न्यौपानेले र ०७५/०७६ को लागी नयाँ कार्यक्रमहरु नेपाल रेडक्रस जिल्ला शाखा गुल्मीका मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले प्रस्तुत गरेका थिए । सभाको अबसरमा जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ हस्तिचौरमा रेडक्रस भवन निर्माण गर्न जग्गा दिने यशस्कर सदस्य टिकाबहादुर कुँवर र बिशिष्ट सदस्य साबित्रा ज्ञवालीलाई सम्मान समेत गरिएको थियो ।नेपाल रेडक्रस जिल्ला शाखा गुल्मीका सभापति अनुपकुमार श्रेष्ठको सभापतित्व रहेको कार्यक्रममा नेपाल रेडक्रस केन्द्रिय सदस्य शसि पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल अर्याल, गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेय, रेसुङ्गा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेय,वडा नम्बर ८ का वडा अध्यक्ष भरत भलामी लगायत रेडक्रससँग सम्बन्धीत बिभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो । जिल्ला शाखा उपसभापति कृष्णप्रसाद भण्डारीको स्वागत मनतव्य रहेको कार्यक्रममको जिल्ला शाखा गुल्मीका मन्त्री राजेन्द्रप्रासद श्रेष्ठको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend