साझा नेटवर्क
कमल पौडेल, बागलुङ चैत ४ ।
बागलुङको खर्वाङमा बावु एड्भेन्चर प्याराग्लाईडिङ स्कुल स्याङ्जाको तर्फवाट एड्भान्स पाइलटहरुको टाक्स कार्यक्रम आज सम्पन्न भएको छ।
जस अन्तरगत २३ जना प्यारा पाईलटहरु ले आज सफल अवतरण गरेका छन् जस मध्ये १२ जनाले स्याङ्जाको सोरेकवाट बागलुङको खर्वाङमा तथा १० जनाले गुल्मीको रुद्रवेनिमा सफल अवतरण गरेको स्काई गाईडिङ मोहन कुमार सुनुवार राईले जानकारी दिनुभएको छ।
सुनुवारका अनुसार १५ दिनको सामान्य ट्रेनिङ हुने र पाइलटको लागी १८ महिने ट्रेनिङ पछि सो टास्कको आयोजना गरिने गरेको छ। आज सफल अवतरण गरेको प्यारा पाईलटहरुले अव यात्रु सहितका प्यारा गलाईडर चलाउन सक्ने सुनुवारले जानकारी दिनुभएको छ। स्याङ्जावाट प्यारा ग्लाईडिङमा मौसम अनुसार १ घण्टा देखि २ घण्टा भित्र आउन सकिने वताईएको छ। हामी दृश्यमा पनि देख्न सक्छौ


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend