साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं ।
प्रत्येक बर्ष जस्तै यस बर्ष पनि टुडिखेलमा घोडेजात्रा पर्व मनाइएको छ । हरेक बर्षको चैत्र कृष्णपक्षको औशीका दिनमा घोडेजात्रा पर्व मनाउने प्रचलन रहदै आएको छ । बिगत समय देखि नै मनाउदै आएको घोडेजात्रा पर्वलाई सरकारले राष्ट्रिय पर्वको रुपमा नै मनाउदै आएको हो ।
घोडेजात्राका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रति बिद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च पदस्थ अधिकारीहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरुको उपस्थिति रहको थियो । मध्यकालमा गुरुमापा नामक राक्षसले बालबालिकालाई खाएर आतंक मच्चाएको र त्यस राक्षसलाई घोडा कुदाएर घोडाको टापले कुल्चेर मारेको भन्ने किम्बदन्ती छ ।
अझै पनि टुंडिखेलको दक्षिण पुर्वी भागको रुखको फेदमुनि गुरुमापा राक्षसको आत्मा रहेको भन्दै हरेक बर्ष औसीको दिनमा घोडेजात्रा पर्व मनाउने प्रचलन रहदै आएको छ । पछिल्लो समय घोडेजात्रा पर्वमा नेपाली सेनाले युद्धकालीन झल्को दिने गरी सेना र प्रहरीवाट बिभिन्न कला कौशलता देखाउदै आएको छ ।
घोडेजात्राका अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ । टुँडिखेलमा सेनाले घोडेजात्राको बढाईं गरेपछि उपत्यकाका किसानले आफ्नो खेतबारीमा सिमी, बोडी, भटमास, काँक्रो र फर्सी जस्ता तरकारीबालीको बीऊ रोप्ने चलन पनि कायमै छ । रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend