logo
  • आइतबार, असोज ११ २०८३

एमालेले गर्यो जनप्रतिनिधि संग छलफल, जनउत्तरदायी हुन जनप्रतिनिधिलाई आग्रह


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ चैत्र १ ।
नेकपा एमाले जिल्ला कमिटि बागलुङको आयोजनामा पार्टि र जनप्रतिनिधि विचको अन्तर सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रम खर्वाङमा सम्पन्न भएको छ। बडिगाड गाउँपालिका तथा गल्कोट नगरपालिकाका नेकपा एमालेका तर्फवाट निर्वाचित जनप्रतिनिधि र पार्टि कमिटिका विच सो छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।

अन्तरक्रियावाट विकास निर्माणलाई प्रभावकारी गराउने, जनताले अनुभुत गर्ने गरि सेवा प्रवाहलाई चुस्त गराउने, जनताको आधारभुत आवश्यकता परिपूर्तिको लागी आवश्यक काम गर्न पार्टि र जनप्रतिनिधिले समन्वयात्मक ढंगले काम गर्ने लगाएतका निष्कर्ष निकालिएको छ। कार्यक्रममा नेकपा एमाले प्रदेश नं. ४ का सदस्य श्रीप्रसाद शर्मा, प्रेम खरेल, संघिय मामिला तथा स्थानिय विकास केन्द्रिय विभाग सदस्य सुनिल शेरचन लगाएतले पार्टिको तर्फवाट निर्देशनात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो।

जिल्ला कमिटि सचिव लाल वहादुर थापाले पार्टि र जनप्रतिनिधि विचको अन्तरसम्बन्ध विषायक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसाल, वडिगाड गाउँपालिकाका प्रमुख मेयरसिंह पाइजा, गल्कोट नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष डम्वर श्रीस लगाएतले स्थानिय तहमा गर्न सकिने काम परेका अप्ठ्यारो का विषयमा वताउनु भएको थियो।

कार्यक्रम नेकपा एमाले वडिगाड गाउँपालिका संगठन कमिटिका उपसंयोजक तिर्थमणि भुसालको अध्यक्षता तथा सचिव
दिनेश शर्माको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend