logo
  • शनिबार, कार्तिक २२ २०८३

रेसुङ्गा वनमा भिषण आगोलागि सिडियो सहित सेना प्रहरीको ठुलो त्यस तर्फ


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

प्रेम सुनार,गुल्मी फागुन ३०।
आज साँझपख गुल्मीको सदरमुकाम तम्घास निजिकै रहेको रेसुङ्गा वन क्षेत्रको गौशलाबाट सल्कीएको आगो अति वेला जताततै फैलिएर भिषण बनेको छ।

आगो स्थानियका नियन्त्रण भन्दा बाहिर गए पछि अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र तम्घास वजारवासी नियन्त्रणका लागि आफुहरु त्यस तर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए । गुल्मीको धागीधुम ब्यारेकमा रहेको नेपाली सेना विरभद्रजंग गुल्मबाट सुरु मै एक सेक्सन टोली उपसेनानी सुरेन्द्र थापा क्षेत्रीको कमाण्डमा त्यस तर्फ पठाईएको गुल्मीपति सेनानी जनमतबहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै सशस्त्र प्रहरी वल गुल्म उर्लेनी व्यारेक र जिल्ला प्रहरी कार्यालयबाट पनि टोली जाँदै गरेको प्र.जि.अ. अर्यालले बताए । रेसुङ्गा वन यहाँको प्रशिद्ध धार्मिक क्षेत्र , ऐतिहाँसक तपोभुमि रहेकोले त्यहाँ अरवौं मुल्य वरावरका भौतिक संरचनाहरु छन् । प्रशस्त जंगली जनवार र चराचुरुङ्गी र वहुमुल्य जडबुटी र महत्वपुर्ण वनस्पती रहेकोले पनि त्यसलाई बचाउने प्रयासमा यहाँको सवै पक्ष वर्षेनी आगोलागि नियन्त्रणमा जुट्ने गर्दछन् ।

आगो फैलिँदै गए साविकको पराल्मी गासि, अर्खले , वलिथुम, गौडाकोट यता दुविचौर र तम्घास सम्मका हजारौ जनता खतरामा पर्न सक्छन । माथी वन क्षेत्रमा पानी नभएकोले तल वजारबाट स्थानियले पानी वाल्टीमा बोकेर विगतमा लैजाने गर्दथे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend