साझा नेटवर्क
कमल पौडेल, बागलुङ फागुन २९।
युवा तथा खेलकुद विकास समिति रिघाले यहि फागुन १९ देखि २५ सम्म भएको फुटवल लगाएत प्रतियोगीतात्मक कार्यक्रमको हिसाव सार्वजनिक गरेको छ। जस अनुसार पश्चिम बागलुङकै ठूलो राशिको फुटवल प्रतियोगिता सहितको कार्यक्रममा १० लाख ४६ हजार १ सय ७३ खर्च भएको छ।
आज सार्वजनिक गरिएको आम्दानी तथा खर्चको विवरण अनुसार १२ लाख ५ हजार २ सय ४१ सय आम्दानी भएको र १ लाख ४६ हजार १ सय ७३ नगद मौज्जाद रहेको युवा तथा खेलकुद विकास समिति रिघाका अध्यक्ष दान श्रीसले जानकारी दिनुभएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend