साझा नेटवर्क
साझा नेटवर्क , कतार ।
साहानिय स्थित अल दोसरी पार्कमा मकवानपुर जिल्लाबाट कतारलाइ कर्मभुमी बनाएर बस्नुहुने जिल्लाबासीहरुको साझा सामाजिक सस्थामकवानपुरे मिलन केन्द्र कतारले सातौं साधारण सभा सम्पन्न गरेको छ । सो अवसरमा बनभोज गरि भब्य रुपमा कार्यक्रम सम्पन्न गरेको छ ।
सभाले रमेश तिवारीको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको थियो । उपाध्यक्ष कृष्ण रुम्बा, सचिब कृष्ण न्यौपाने, सह सचिव सीमा गौतम, कोषाध्यक्ष रामहरी भण्डारी , साथै सदस्यहरुमा शेखर छेत्री, गौतम लामा, कृष्ण ढकाल, पुष्पा मोक्तान तामांग, शान्ती गोले र राजेन्द्र कुमार अधिकारी रहने गरि ११ जनाको कार्यसमिति सर्बसम्मतले चयन गरेको थियो ।
कार्यक्रम आयोजक टिमका सुमन श्रेष्ठ, युबराज थापा, रमेश तिवारी, रामहरी भण्डारी, कृष्ण न्यौपाने, कृष्ण ढकाल ,कृष्ण रुम्बा ,राजेन्द्र राज अधिकारी, नारायण श्रेष्ठ, सीमा गौतम, सरोज पुडासैनी लगायतका आयोजकहरुको मुख्य अगुवाईमा कार्यक्रम सफलता पुर्वक सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष श्री मिलन धोज रानाले गर्नु भएको थियो भने प्रमुख अतिथिमा गैरआवासीय नेपाली संघ आइसिसिका पुर्ब उपाध्यक्ष एबम समाजसेवी सागर नेपाल हुनुहुन्थ्यो साथै बिशेष अतिथिहरुमा प्रो. रामजान अलि मिया, एनआरएनए कतारका महासचिव बुधबल गुरुङ, तथा प्रदेश न ३ कतारका सम्योजक नन्द प्रसाद ढुङ्गाना हुनुहुन्थ्यो।
विभिन्न सस्थाहरुका प्रतिनिधिहरुलाइ अतिथिको रुपमा आसन ग्रहण गराइएको थियो । नेपाली राष्ट्रिय गानबाट कार्यक्रम सुरुवाती गरिएको उक्त कार्यक्रममा स्वागत मन्तव्य सस्थाका पूर्व अध्यक्ष सरोज पुडासैनीले दिनु भएको थियो भने कार्यक्रमको सन्चालन युबराज थापाले गर्नुभएको थियो ।
कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्ने सिलसिलामा विभिन्न सस्थाका प्रतिनिधि एबम प्रमुखहरुले कार्यक्रम भब्य र शब्य भएको साथै मकवानपुरे मिलन केन्द्र कतारमा स्थापित सामाजिक सस्थाहरुमा सक्रियताका साथ अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको थियो । सागर नेपाल, नन्द प्रसाद ढुङ्गाना, बुधबल गुरुङ, प्रो. रमजान अलि मिया, मोहम्मद आयुब हक, अब्दुल मिया र केदार भुसाल लगायतका अतिथिहरुले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
सास्कृतिक कार्यक्रमले उपस्थितहरुमा मनोरञ्जन दिएको थियो । हास्य बिदा, नृत्य एबम गितहरुले कार्यक्रमको शोभा बढाएको थियो । साथै औपचारिक कार्यक्रम पश्चात् केही समय खानपिनका लागि समय छुटाइए सगै सस्थाको बन्द सत्र र नया कार्यसमिति चयन प्रक्रिया अगाडी बढाइएको थियो । पुरानो कार्यसमितिलाई बिधिबत रुपमा भङ्ग गरि नयाँ कार्यसमिति निर्बिरोध रुपमा चयन गरिएको थियो ।
्निर्बा्चित समितिलाई पुर्ब अध्यक्ष सरोज पुडासैनी र निबर्तमान अध्यक्ष मिलन धोज रानाले बधाई दिएका थिए । नबनिर्बा्चित कार्यसमितिका अध्यक्ष रमेश तिवारीले मन्तब्य दिदै आगामी दिनहरुमा मकवानपुरेको हकहितका लागि आफ्नो तन, मन र बचनले काम गर्नुका साथै कतारमा स्थापित सामाजिक सस्थाहरुसग राम्रो समन्वय गर्ने बताउनु भयो ।
आयोजक टिमले समाजसेवी सागर नेपाल र श्रीमती नानू नेपाल, श्रीमान सरोज पुडासैनी र श्रीमती सम्झना उप्रेती, प्रो .रामजन अलि मिया, मिलन धोज राना, नारायण श्रेष्ठ, दिनेश थापा मगर, सुबास राई, तथा उत्तम गुरुङ ज्यु लाई कदर पत्र सहित दोसल्ला ओढाई वहा हरूको समाज तथा संस्था प्रति को योगदान को लागि सम्मान गरेको थियो ।
उक्त सातौ साधारण सभामा उपस्थित जनाउनुहुने प्रमुख अतिथि, विशेष अतिथिहरु, अतिथिहरु, कलाकारहरु, पत्रकारहरु, जिल्लाबासी एबम गैरजिल्ला बासी हरु प्रती आयोजक सस्था ले हार्दिक आभार सहित बिशेष धन्यवाद ब्यक्त गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend