logo
  • शनिबार, कार्तिक २२ २०८३

दोस्रो कार्यकालका लागि विद्या भण्डारी राष्ट्रपति निर्वाचित


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क, काठमाडौं फागुन २९ ।
दोस्रो कार्यकालका वाम गठबन्धनबाट उम्मेदवार बनेकी विद्यादेवी भण्डारी पुन राष्ट्रपति निर्वाचित भएकी छन्। उनको नयाँ कार्यकाल पाँच वर्षको हुनेछ। निर्वाचन आयोगले संघीय संसद्का एक जना सांसदले दिएको मत ७९ मत बराबर कायम गरेको थियो भने प्रदेशसभाका सदस्यले दिएको मत ४८ मत बराबर कायम गरेको थियो।
संघीय संसद् र प्रदेशसभाका गरी कुल ८८० जना सांसद मतदाता रहने संवैधानिक व्यवस्था रहेको छ। कायम गरिएको मतभारअनुसार भण्डारीको पक्षमा ३९,२९५ मत र उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी कुमारी लक्ष्मी राईका पक्षमा ११,७३० मत परेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए। राष्ट्रपति निर्वाचन: मतदान सम्पन्न, १८ अनुपस्थित राष्ट्रपतिमा दुई महिलाको उम्मेदवारीको बदर, १८अनुपस्थित मङ्गलवार भएको मतदानमा ८६२ जना मात्र सहभागी भए।

तीमध्ये संघीय संसद्का तीन सदस्य र प्रदेशसभाका पाँच सदस्यको मत बदर भएको निर्वाचन आयोगले बताएको छ। प्रदेशसभाका १३ जना र संघीय संसद्का पाँच जना सांसद मतदानमा सहभागी भएनन्। सरकारले राष्ट्रिय सभामा मनोनीत गरेका तीन जना सांसद युवराज खतिवडा, रामनारायण बिडारी र विमला राई पौडेलले आफ्नो नाम मतदाता सूचीमा समाविष्ट हुन नपाएकाले मतदान गर्न पाएनन्।

कैलालीबाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरी मतदाता नामावलीमा समाविष्ट भएपनि प्रहरी हिरासतमा भएकाले मतदानमा सहभागी हुन पाएनन्।उता मनाङबाट निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ फौजदारी मुद्दामा दोषी पाइएको हुनाले मतदानका लागि अयोग्य ठहरिएका हुन्। वाम गठबन्धनबाट उम्मेदवार बनेकी भण्डारीलाई राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले पनि सघाउने निर्णय गरेका थिए।

विगत

कम्युनिस्ट पृष्ठभूमिकी भण्डारी नेपालको दोस्रो राष्ट्रपतिका रूपमा २०७२ साल कार्तिक ११ गते निर्वाचित भएकी थिइन्।उनी नेपालको आधुनिक इतिहासमा पहिलो महिला राष्ट्रप्रमुख मानिन्छिन्। वि.सं. २०१८ असार ५ गते भोजपुरको मानेभन्ज्याङमा जन्मिएकी भण्डारीले २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टी (माले) को स्थापनालगत्तै त्यस पार्टीको युथ लिगको कार्यकर्ताको रूपमा सङ्गठित राजनीतिक यात्रा थालेकी थिइन्।

उम्मेदवारी दर्ता गरेकपछि भण्डारीले यसो भनेकी थिइन्

      विद्या भण्डारी

नेकपा एमालेको उपाध्यक्ष समेत भइसकेकी भण्डारीले वातावरण तथा जनसङ्ख्या एवम् रक्षामन्त्रीको जिम्मेवारी समेत सम्हालेकी थिइन्। पति मदन भण्डारीको २०५० साल जेठ ३ गते भएको रहस्यमय सडक दुर्घटनामा निधन भएपछि गरिएको उपनिर्वाचनमा नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराउँदै भण्डारी सांसद् निर्वाचित भएकी थिइन्। रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend