साझा नेटवर्क
बिजय कुमार मगर, कतार l
शुक्रबार नेपाल मगर संघ, शाखा कतारले अध्यक्ष शेर बहादुर रोका मगरको सभापतित्व कलाकार भेटघाट तथा सम्मान गरेको छ l
नेपाल मगर साँस्कृतिक संघ काठमाडौंका पुर्व केन्द्रिय सदस्य लोकदोहोरी गायिका लाली बुढाथोकी मगरको प्रमुख आतिथ्य तथा संघकी केन्द्रिय सदस्य गायिका तारा श्रीस मगरको विशेष उपस्थिति रहेको कार्यक्रम दोहाको नेपाली आँगन रेस्टुरेन्टमा सम्पन भएको थियो l
सम्मानित हुने कलाकारहरुमा लाली बुढाथोकी मगर, रबि कार्की , अमीत बिश्वकर्मा र रबिना भण्डारी रहेका छन् l कलाकारहरुलाई सम्मान गर्दै संघको तर्फवाट कार्यक्रम सभापति शेर बहादुर रोका मगर तथा कार्यक्रमकि बिशेष अतिथि गायिका तारा श्रीस मगर लगाएत अन्य अतिथिहरुबाट खादा ओढाएर सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको थियो l
कार्यक्रममा मन्तव्य राख्दै लोकदोहरी गायक रबि कार्कीले सम्मानका लागि सम्पुर्ण उपस्थित कलाकारको तर्फबाट धन्यवाद गरेकी थिइन् l खुसीको ब्यक्त गर्दै आफ्नो मन्तब्य राखेकी गायिका श्रीसले दोस्रो पटक मगर संघ कतारसंग भेट्दा यात्राको अनुभव साटिन l संघका प्रमुख सल्लाहकार महेन्द्र थापा मगरले मगर संघ कतारको बारेमा जानकारी सम्पूर्ण कलाकारहरुको उज्वल भबिस्यको कामना गर्दै सफल यात्रा शुभकामना दिएका थिए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि बुढाथोकी मगरले मगर संघ कतारले गरेको सम्मानका लागि धन्यवाद भेटघाट गर्न पाउदा अत्यन्त खुशी ब्यक्त गरिन ; प्रवासमा रहेर पनि आफ्नो कला, संस्कृती भेषभुषा र भाषालिपी लाई जोगाइ रहेकोमा मगर संघ कतारलाई धन्यवाद दिदै आफू मगर हुनामा गर्व लागेको बताएकी थिईन् ।
कोषाध्यक्ष केशव राना मगरले स्वागत मन्तव्य राखेको कार्यक्रममा सभापति शेर बहादुर रोकामगरले कलाकारहरु भेटघाट गर्न समय दिनु भएकोमा मोना कतार र बुम रिमिटलाई धन्यवाद दिदै उहाँहरुको उज्वल भबिष्यको कामना गरेका थिए l कार्यक्रम संचालन संघका महासचिव बिजय मगरले गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend