साझा नेटवर्क
दिल कुमार श्रेष्ठ, कतार l
एनआरएन एनसीसी कतारको संयोजकत्वमा आउदै गरेको नेपाली नयाँ बर्षको अवसरमा बिबिध सांगीतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ l
दोहामा स्थापित विभिन्न संघसस्थाहरुलाई आयोजक सस्थाको रुपमा सहकार्य गर्दै नेपाली परम्परा र सस्कृतिलाई जगेर्ना तथा राष्ट्रिय पर्वहरुलाई मनाउन लागेको हो l एनसीसी कतारका अध्यक्ष नगेन्द्र पोखरेलको अध्यक्षतामा बसेको समन्वय समितिको बैठकले आगामी गत १३ अप्रिल २०१८ का दिन हुने कार्यक्रम सर्वसम्मतिले पारित गरेको थियो l कार्यक्रममा भब्यरुपमा सम्पन्न गर्नको लागि ब्यवस्थित र अनुसासित रुपमा मिलेर संयुक्त रुपमा गर्नका लागि उपस्थित संघसस्थाका प्रतिनिधिहरुले सल्लाह अनि सुझाव दिएका थिए l
बैठकमा कार्यक्रमलाई सफल रुपमा सम्पन्न गर्नको लागी समन्वय समितिका पदाधिकारीहरुमा कार्य बिभाजन समेत गरेको छ l कार्य बिभाजन गर्दा तोकिएको समितीमा संयोजक सहित पदाधिकारीका नामावली निम्नानुसार रहेको छ l स्थान छनौठ तथा ब्यबस्थापन समिती संयोजक नगेन्द्र पोखरेल सहित सदस्यहरुमा बिनेश तामांग र तेज कटुवाल छन् l साउण्ड सिस्टम कास्की आदर्श सेवा समाजले उपलब्द गराउने भएको छ l स्टेज सजावट तथा ब्यबस्थापनलाई मान बहादुर मगरको संयोजकत्वमा धन बहादुर बिक, तथा नरेश प्रसाद जैसी सदस्य चुनिएका थिए भने प्रिन्ट तथा छपाईको जिम्मा संयोजक बुधवल गुरुङ तथा सदस्य रुद्र शर्मालाई दिईएको छ l
नाच्ने गाउने र रमाउने कार्यक्रम नै भएको हुँदा कार्यक्रमलाई मनोरन्जनात्मक बनाउन आफ्नो अनुकुल सदस्य राख्दै साँस्कृतिक बिभागको संयोजकमा बबिन राई सुम्पियो l उनको संयोजकत्वमा सदस्यहरुमा देवराज राई, पाल्पाली सेवा समाजलाई समेट्दै प्रत्येक प्रदेशबाट १/१ प्रस्तुतिका लागी पहल गर्ने भएको छ l कार्यक्रमको प्रायोजक तथा ब्यबस्थापनको संयोजक नगेन्द्र पोखेरललाई तोक्दै सदस्यमा गोपाल खतिवडा, रमेश भट्ट, र मुक्तादा आलम रहेका छन् l त्यसैगरी खानापिन ब्यवास्थापनको संयोजक नरेश श्रेष्ठ तोकिएको छ l समितिको सदस्यहरुमा बुद्ध पाण्डे, राकेश श्रेष्ठ, तिल बहादुर खत्री ठाकुर परियार प्रेम राज रिजाल छन् l
यातायात ब्यबस्थापनमा संयोजक मोरंग सुनसरी सेवा समाज रहेको छ l सदस्यहरुमा काभ्रे सेवा समाज, कुमार के.सी, राम कुमार मण्डल, उदयपुर सेवा समाज रहे l कार्यक्रमका लागी चाहने प्रमुख पाटो आर्थिक तथा टिकटको जिम्मेवारीको संयोजकमा तेज कटुवाललाई दिईयो l उनको संयोजकत्वमा दुर्गा प्याकुरेल त अरुण के.सीलाई सदस्य तोकिएको छ l कतारको एक्लो साझा महिला समाज र इलाम सेवा समाजलाई अतिथि सत्कारका लागी जिम्मा दिएको छ l
कार्यक्रमको प्रचारप्रसारका लागी एनसीसी प्रवक्ता अशोक तामांगको संयोजकत्वमा समिति गठन गरिएको छ l सदस्यहरुमा नेपाल पत्रकार महासंघ कतारका सचिव महेन्द्र प्रसाद पोखेरल,साझा नेटवर्क, एनआरएन आईसीसी मिडिया समितिका सदस्य दिल कुमार श्रेष्ठ रहेका छन् l कार्यक्रमलाई व्यवस्थित बनाउनको लागी स्वयंसेवक ब्यवस्थापनको संयोजकमा नारायण बिष्ट रहेका छन् l उनको संयोजकत्वमा प्रत्यक प्रदेशबाट ३/३ जना सदस्य रहने व्यवस्था मिलाईएको छ l
आयोजक सस्थाका लागि आयोजक शुल्क कतारी रियल २०० तिरी सस्थाको प्रतिनिधित्व गर्दै १ जनाले निशुल्क प्रवेश पाउने व्यवस्था गरेको छ l कार्यक्रमलाई भब्य बनाउनको लागी प्रत्येक आयोजक सस्थाले कतारी रियल ४० दरका १० वटा टिकट अनिवार्य कटाउनु पर्ने छ l बाकीं कटाईएको टिकटको बिवरण ६ अप्रिल २०१८ भित्र कार्यक्रम ब्यबस्थापन समितिलाई बुझाउनु पर्ने छ l
बैठकले कार्यक्रममा नोक्सान भएमा सम्पूर्ण आयोजक सस्था मिलेर नै घाटा बेहोर्ने सहमति गरेको छ साथै बैठकमा अनुपस्थित रहेका कतारमा स्थापित अन्य संघ सस्थाहरुलाई पनि आयोजकको लागी अनुरोध गर्दै जिम्मेवारी दिईने निर्णय गरेको थियो l
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend