साझा नेटवर्क
काठमाडौं, फागुन २८ ।
यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ । दुघर्टनामा २२ जना घाइते भएका छन् । उनीहरु मध्ये केहीको केहीको अवस्था गम्भीर छ ।
बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु थिए । उनीहरु मध्ये ३३ नेपाली थिए । मालदिभ्स र चीनका एक/एकजना विमानमा सवार थिए । बाँकी बंगलादेशी नागरिक थिए । विमानमा रहेका दुई बालवालिका पनि बंगलादेशी नै हुन् । चालक दलका ४ सदस्य थिए ।
गृह मन्त्रालयका सहायक प्रवक्ता झंक ढकालका अनुसार २२ नेपाली, २२ बंगलादेशह नागरिक, एक चिनियाँ नागरिकको मृत्यु भएको छ । चालक दलका चारै सदस्यको पनि दुर्घटनामा निधन भएको छ । घाइते मध्ये २२ जनामा ११ नेपाली छन् । ९ वंगलादेशी, एक माल्दिभ्सका नागरिक छन् भने एक घाइतेको राष्ट्रियता खुलेको छैन । तर, उनी बंगलादेशी भएको अनुमान छ ।
नेपाली नागरिक शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, प्रवीण चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादवको दुर्घटनामा परी निधन भएको छ ।
घाइते नेपाली नागरिक
केशव पाण्डे- मेडिसिटी अस्पताल नख्खु
दिनेश हुमागाईँ, न्यूरो अस्पताल बाँसबारी
दयाराम ताम्राकार, ग्राण्डी अस्पताल टोखा
किशोर त्रिपाठी, ग्राण्डी अस्पताल
हरिप्रसाद सुवेदी, ग्राण्डी अस्पताल
विनोद पौडेल, ग्राण्डी अस्पताल
वसन्त बोहरा, नर्भिक अस्पताल थापाथली
आशिष रञ्जित नर्भिक
सनम शाक्य, नर्भिक
प्रिन्सी धामी, केएमसी
सबिना व्यञ्जनकार, केएमसी
विमानबाट उद्धार गरिएका मध्ये सिनामंगलस्थित केएमसी मेडिकल कलेजमा करिब एक दर्जनको उपचार गरिँदैछ । त्यहाँ रहेका बिरामीहरुमा इमराना कबिर, पिञ्ची धामी र समिना व्यञ्जनजकारलाई आइसीयुमा राखिएको छ ।
त्यसैगरी केएमसीमै उपचार गरिरहेका अन्य घाइतेहरुमा कबिर हुसैन, रसिद हसन, महन्दी हसन, रिजना अब्दुल्लाह र डाक्टर इर्जना छन् । त्यसैगरी केएमसीमै धीरेहन्द्रसिंह पूजना, स्वराना, सहरीन अहमद र एमडी सहिनको उपचार भइरहेको छ ।
केएमसी पुर्याइएका मध्ये ४ जनालाई अन्य अस्पतालमा भनाए गरिएको छ । किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी र दयाराम ताम्रकारलाई ग्राण्डी अस्पतालमा रिफर गरिएको छ भने केशव पाण्डेलाई मेडीसीटी अस्पतालमा रिफर गरिएको छ । ग्राण्डी अस्पतालका चक्रराज पाण्डेले चार जनाको उपचार भइरहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु दुर्घटनास्थल पुगेर उद्दारबारे जानकारी लिएका थिए । प्रधानमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा बादल, रक्षामन्त्री ईश्वर पोखरेल उद्योगमन्त्री मातृकाप्रसाद यादव पनि पुगेका थिए ।
ओलीले घटना दुःखद भएको भएको बताए । साथै घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् । सोमबार नै बसेको मन्त्रिपरिषद् बैठक बसेर घटनाबारे छानविन गर्न पूर्वसचिवको नेतृत्वमा जाँचबुँच आयोग गठन गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend