logo
  • आइतबार, असोज ११ २०८३

भरतपुर महानगरपालिका ११ वातबरण मैत्री तथा पुर्ण सरसफाइ उन्मुख वार्ड घोषणा


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

ध्रुब क्षेत्री ।
२५ फाल्गुन २०७४ सनिबारका दिन भरतपुर महानगरपालिका ११ बसेनी स्थित एक गुम्बाको प्रागर्ण मा भब्यताका साथ् भरतपुर महा-नगरपालिका वार्ड न: ११ ले आफ्नो वार्डलाइ नेपालको पहिलो सुन्दर सान्त वातवरण मैन्त्री तथा पुर्ण सरसफाई वार्ड घोसर्णा गरेको छ । करिब ५५ वाटा टोल सुधार समितिको अग्रस्रतामा हजारौको संख्यामा वार्ड वासीको उपस्थिति भएको थियो भने उक्त कार्यक्रम भरतपुर महानगरपालिका ११ का वार्ड अधक्ष्य बाबुराम अधिकारिको सभापतित्व मा संचालन भएको थियो ।

प्रमुख अतिथिमा प्रदेश न ३ का गृया मन्त्रि सालिकराम जमरकटेल हुनु हुन्थ्यो भने बिशेष अतिथिमा सम्पुर्ण चितवन जिल्लाका प्रदेश सभासद तथा भरतपुर महानगरपालिका कि मेयर रेणु दाहाल तथा पुर्ब साम्सदहरु हुनहुन्थ्यो । कार्यक्रममा प्रया चितवन जिल्लाका सबै संघ सस्था तथा अन्या छिमेकी वार्डका वार्ड अधक्ष्य , नेपालि कांग्रेश , एमाले , मावोबादी केन्द्र , नयाशक्ति नेपाल लगाएत पाटि प्रतिनिधि र बिभिन्न क्षेत्रका सामाजिक अभियन्ताहरु समेतले अतिथ्या ग्रहर्ण गर्नु भएको थियो ।

उक्त कार्यकमलाइ धुपी को बिरुवामा पानी हालेर प्रदेश ३ का ग्रिय मन्त्रि सालिकराम जमरकटेल साथै मेयर रेणु दाहाल ले सामुहिक रुपमा उद्घाटन गर्नु भएको थियो भने प्रमुख अतिथिबाट वातबरण मैत्री तथा पुर्ण सरसफाइ उन्मुख वार्ड घोषणा भएको सम्मान पत्र वार्ड अधक्ष्य बाबुराम अधिकारीलाई हस्तातरण गर्नु भएको थियो ।

कार्यक्रमलाइ सुभकामना बेक्त गर्दै प्रमुख अतिथि र अन्या अतिथिहरुले नेपालको पहिलो नमुना वार्ड बनाउन सफल हुनु भएकोमा सम्पुर्ण भरतपुर ११ का संघ संस्था तथा वार्ड वासी लाइ धन्याबाद तथा सुभकामना बेक्त गर्दै अज यो भन्दा बढी अग्रसर भएर अगाडि बढ्न सबैमा आग्रह गर्नु भएको थियो । उक्त कार्यक्रमको संचालन वार्ड सरसफाई अभियानका संयोजक बिरेन्द्र पौडेलले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend