logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा जिप दुर्घटनामा एक जनाको मृत्यु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी फागुन २८।
गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार जिल्लाको छत्रकोट गाउँपालिकाको दिगामबाट मौलिपुलबाट श्रुङ्गा तर्फ आउँदै गरेको लु १ च ३१२५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा चालक रुरु गाउँपालिका ३ बस्ने ४८ वर्षका कृष्ण ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

दुर्घटनामा परेर घाइते भएका चालक ज्ञवालीलाई थप उपचारको लागी पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिप सड्कबाट करिव ४० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend