साझा नेटवर्क
सुर्य चन्द, काठमाडौँ फागुन २८।
नेपाली गित संगीतको सम्बहाक बनेर दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक क्षेत्रमा पस्किसकेको पुरानो ब्याण्ड ओम माने पेमेका भोकलिस्ट चर्चित गायक राजु राजबहाक यहि आउदो मार्च १७ तारिखमा बेलायतको एल्डरसट ह्याम्पसायर स्थित अम्पायर ब्यान्क्वेट हलमा हुने सांगीतिक कार्यक्रममा आफ्नो धमाकेदार प्रस्तुति दिन बेलायत जाने भएका छन् l बेलायतको थर्ड आइ टिमले आयोजना गर्न लागेको ‘रुम्जाटार गुम्बा च्यारिटी नाइट २०१८’ मा आफ्नो प्रस्तुति दिन जान लागेका गायक राजु राजबहाक नेपालि सांगीतिक क्षेत्रका हस्ती मानिन्छन ।
“मेरो बुद्धको कसम तोड्दिन तिमिलाइ नलगी छोड्दिन” “फुल्चोकिको डाडा मुनि गोदावरी बन” “मेरी सासुकी छोरी” लगायतका दर्जनौ चर्चित गीतहरु गाएर लाखौ संगीतप्रेमीहरुको मन मुटुमा बस्न सफल ब्याण्ड ओम माने पेमेका भोकलिस्ट सुमधुर आवाजका धनि गायक राजु राजबहाक लामो समयको अन्तराल पछि सांगीतिक क्षेत्रमा पुन फर्केका हुन् । करिब १७ बर्ष पछि सांगीतिक क्षेत्रमा पुनरागमन गरेको ओम माने पेमे ब्याण्ड तथा ब्यान्डका गायक राजु राजबहाकको आजकल व्यस्तता समेत बढ्दै गएको छ । कालजयी तथा हरेक नेपालीको मन मुटुमा बस्न सक्ने गितहरु गाएर करडौ संगीतप्रेमी नेपालि दर्शक श्रोताहरुको प्रिय बनेको ब्याण्ड तथा यसका भोकलिस्ट राजु राजबहाक अहिले पनि त्यतिकै चर्चामा रहेका छन् । विभिन्न सास्कृतिक कार्यक्रम, मेला महोत्सब तथा अन्य कार्यक्रमहरुमा व्यस्तता बढाउदै गएको उक्त ब्याण्डले नेपाल भित्र मात्र नभएर बिदेशमा समेत आफ्नो ख्याति बढाउदै गएको छ ।
लामो समय पछिको सांगीतिक पुनरागमन तथा नेपाली संगीत प्रेमीहरुको अथाहा माया बाट हौसिएका गायक राजु राजबहाक भविष्यमा आफ्नो जिबन संगीतमा नै समर्पण गर्दै अझ राम्रा राम्रा प्रस्तुति लिएर आउने बताउछन । संगीतलाई राम्रो संग नजिक बाट बुझेका तथा दर्शक श्रोताहरुलाई मनोरंजन दिएर नचाउन माहिर गायक राजबहाक समयको परिबर्तन संगै संगीतलाई पनि आम दर्शक श्रोताहरुको रोजाइ अनुसार परिमार्जन गर्दै लैजाने बताउछन ।
बेलायतको एल्डरसट ह्याम्पसायर स्थित अम्पायर ब्यान्क्वेट हलमा हुने उक्त भब्य कार्यक्रममा ओम माने पेमे ब्याण्डका चर्चित गायक राजु राजबहाकको साथमा बरिष्ट गायक आनन्द कार्की, मीरा राणा, सुकमित गुरुङ, मीनादेवी निरौला पोखरेल, गायिका धन कुमारी थापा (सरु), रवि डंगोल, श्याम अर्याल, नायिका नम्रता योगी र मौषमी गुरुङ रहेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend