logo
  • आइतबार, असोज ११ २०८३

पाल्पाको बगनासकालीमा अब सबै टिनका घर


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

यज्ञमुर्ति तिमिल्सिना, पाल्पा फागुन २६ ।
पाल्पाको बगनासकाली गाउँपालिकामा पुराना र खरका छाना भएका घरमा टिनका जस्ता पातको छाना बनाउने भएको छ । खरको छानो रहित घर निर्माण अन्र्तगत बगनासकाली गाउँपालिकाले गाउँपालिकामा खरको घर रहेका घरधनी व्यक्तिहरुलाई जस्ता पाता वितरण गरेको छ । शुक्रवार आयोजित एक कार्यक्रमका बीच गाउँपालिकाभित्रका वडा नं. १ देखि वडा नं. ९ सम्मका गरि ५५ घर परिवारलाई टिनको पाता वितरण गरिएको बगनासकाली गाउँपालिकाका प्रवक्ता लक्ष्मी प्रसाद अधिकारीले बताए ।

प्रति परिवार ३ बन्डल जस्ता पाता वितरण गरिएको छ । बाँकी रहेका केही वडाका घरहरुलाई आगामी वर्षहरुमा क्रमशः जस्ता पाता वितरण गरि आउने वर्ष गाउँपालिकालाई नै खरको छानो रहित घरहरु रहेको गाउँपालिका बनाउने योजना रहेको प्रवक्ता अधिकारीले बताए ।

बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल, उपाध्यक्ष सरस्वती चिदी मगर, वडा अध्यक्षहरु र प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्याल लगायतले जस्ता पाता वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले खरका छाना भएका घरहरुमा आगलागी, दैवीप्रकोप लगायतको सम्भावना बढी हुने भएकोले गाउँपालिकाले यस प्रकारको अभियान चलाएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend